Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकाको अलाबामाको प्राथमिक विद्यालय प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले गोली हान्दा मृत्यु

अमेरिकाको अलाबामाको प्राथमिक विद्यालय प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले गोली हान्दा मृत्यु


अमेरिकाको अलाबामाको प्राथमिक विद्यालय प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले गोली हान्दा मृत्यु भएको छ । अर्को ठूलो दुर्घटना हुनबाट र नरसंहार हुनबाट जोगिएको छ ।

घटना जुन ९ अलाबामाको ग्याड्सडेनमा भएको हो। अधिकारीहरुले उनलाई गोली हान्दा उनको निधन भएको जनाएका छन भने उत्तरपूर्वी अलाबामामा बिहीबार बिहान उक्त घटना घटेको हो ।

ग्याड्सडेन सिटी स्कूल (बिद्यालय)का अधिक्षक (सुपरिटेन्डेन्ट) टोनी रेडडिकले पत्रकारहरूलाई “सम्भावित घुसपैठकर्ता” ले वालनट पार्क इलिमेन्टरी स्कूल(प्राथमिक बिद्यालय )मा धेरै ढोका खोल्ने प्रयास गर्यो, जहाँ विद्यार्थी र कर्मचारीहरू भित्र रहेका थिए ।

इटोवाह काउन्टी शेरिफ(प्रहरी)जोनाथन होर्टनले एबीसी न्यूजलाई बताए अनुसार उक्त व्यक्तिलाई कुराकानीमा अल्मलाउन बिद्यालयका श्रोतका प्रहरी बाहिर आए। र ,उक्त व्यक्तिसंग प्रहरीको भिडन्त भए पछि थप प्रहरीहरु बोलाईएको थियो । संदिग्धलाई नियन्त्रण पार्न धेरै प्रयास पछि एक ग्याड्सडेन प्रहरी अधिकारीले संदिग्धलाई गोली हानेका थिए ।

घटना ग्याड्सडेनको वालनट पार्क इलिमेन्टरी स्कूल(प्राथमिक बिद्यालय) नजिकै भएको थियो यद्यपि घटनाको क्रममा कुनै पनि बालबालिका हानी नभएको बिद्यालयको विज्ञप्तिमा जनाईएको छ ।

अलाबामा प्राथमिक बिद्यालयका अनुसार संदिग्ध ब्यक्ति बुनलेभेलका ३२ बर्षिय रोबर्ट टायलर ह्वाइट भएको पुष्टी भएको छ । इटोवाह काउन्टी शेरिफ(प्रहरी)जोनाथन होर्टनले बताए अनुसार बिद्यालयको ढोका बन्द गरिएको थियो ।

इटोवा काउन्टी शेरिफको कार्यालयले बिहान १० बजेको लगत्तै एक चेतावनी घन्टी बजाएको थियो । सबैलाई उक्त क्षेत्र वरपर जोगिन आग्रह गरेको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

संदिग्ध व्यक्ति विद्यालयमा प्रवेश गरेन तर प्रहरीले विद्यार्थीहरूलाई अर्को स्थानमा सार्नु परेको अधिकारीहरूले बताए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #गोली

तपाईको प्रतिक्रिया दिनुहोस