Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकी सिनेट वार्ता जारी रहँदा तल्लो सदनद्वारा व्यापक बन्दुक सुधार संपुष्टि पारित

अमेरिकी सिनेट वार्ता जारी रहँदा तल्लो सदनद्वारा व्यापक बन्दुक सुधार संपुष्टि पारित

अर्ध स्वचालित राइफल खरिद गर्न १८ बर्ष उमेरबाट २१ बर्ष बढाउनु पर्छ भने ऐन


अमेरिकी सिनेट वार्ता जारी रहँदा तल्लो सदनले व्यापक बन्दुक सुधार संपुष्टि (प्याकेज)पारित गरेको छ ।

अमेरिकामा बिगत केही हप्ताहरुमा भएका गोलीकाण्ड र नरसंहारमा बिधार्थीहरु सहित कैयौको ज्यान गएकोले बन्दुक राख्न पाउने अधिकार र उमेर सम्बन्धमा व्यापक सुधार गरिनु पर्छ भन्दै अमेरिकी तल्लो सदनले पारित गरेको छ ।

अमेरिकामा सांसद र सिनेटरहरुलाई व्यापक दबाब भएता पनि बन्दुक सुधारमा रिपब्लिकनहरु भने सहानुभूति मात्रै प्रकट गर्ने तर यसलाई संसोधन गर्ने पक्षमा तल्लो सदनमा भएको मतदानमा पनि देखिएको छ ।

गत बुधबार भएको मतदानमा २२३-२०४ ले सदनमा बन्दुक सुधार व्यापक संपुष्टि ९प्याकेज०पारित गरेको छ । केही मुट्ठीभरका रिपब्लिकनहरुमा इलिनोइसका जन प्रतिनिधि एडम किन्जिङ्गर, ओहायोका एन्थोनी गोन्जालेज, पेन्सिलभेनियाका ब्रायन फिट्जप्याट्रिक, न्यु योर्कका क्रिस ज्याकब्स र मिशिगनका फ्रेड अप्टन–ले प्रस्तावलाई समर्थन गरे। तर दुई डेमोक्र्याटहरू मध्ये मेनका प्रतिनिधि जेरेड गोल्डन र ओरेगनका कर्ट श्राडरले हुदैन भन्नेमा मतदान गरे ।

दैनिक मानिसहरुको ज्यान गइ रहदा ,अमेरिकामा त्यत्रो गोलीकाण्डको पछिल्लो घटना टेक्ससको युभाल्ड़ीमा १९ जना बिधार्थी र २ शिक्षकहरुको ज्यान गएता पनि अर्ध स्वचालित राइफल खरिद गर्न १८ बर्ष उमेरबाट २१ बर्ष बढाउनु पर्छ भनि सदनमा राखिएको प्रस्तावमा रिपब्लिकनहरुको झिनो सहयोग रहेको देखिएको छ ।

गत बुधबार संसदमा ११ बर्षिय बाचेकी बालिका सहित बफेलो शहर तथा युभाल्डीका पीडित तथा अन्यले घटनाको बारेमा जानकारी दिंदा प्रतिनिधिहरु भावुक बन्न पुगेका थिए ।

गत संसदमा भएको छलफलमा हाम्रा बच्चाहरुलाई सुरक्षित गरौ अर्थात् ‘प्रोटेक्ट आवर किड्स एक्ट ” लाई तल्लो सदनले पारित गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले पारित भएको जानकारी गराएकी थिइन । माथिल्लो सदन अर्थात् सिनेटबाट यो पारित भएमा मात्र यो कानुन बन्नेछ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस