Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारसभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प

सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प


न्युयोर्क – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानको विपक्षमा उभिएका छन् ।

उनले ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका हुन् । बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भएका र कानुनमा परिमार्जन गर्नुपर्ने आवाज उठिरहेका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो ।

‘हाम्रो संसारमा दुष्टताको अस्तित्व कानुन पालन गर्ने नागरिकहरूलाई निशस्त्र गर्ने कारण होइन‘ कानून पालन गर्ने नागरिकहरूलाई हतियार दिने सबैभन्दा राम्रो कारणहरूमध्ये दुष्टको अस्तित्व हो’, राष्ट्रिय राइफल संघका सदस्यहरूसँगको कुराकानीमा उनले भने ।

टेक्सासको एक प्राथमिक विद्यालयमा १८ वर्षीय पुरुषले अन्धाधुन्ध गोली प्रहार गरेर २१ जनाको नरसंहार गरेपछि अमेरिकामा बन्दुक नियन्त्रण बारेमा पुनः बहस हुन थालेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस