Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुने

अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुने


एजेन्सी -अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता हुने भएको छ । क्रेमलिनले बुधबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उनीहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सो कुराको जानकारी दिएका छन् । तर पनि उनले सो वार्तामा के कस्ता विषयमा कुराकानी हुने हो भन्ने बारेमा भने केही बताएका छैनन् ।

दुई देशका राष्ट्रपतिका बीचमा यही डिसेम्बर ७ मा पनि भिडियोमार्फत् कुराकानी भएको थियो । त्यस समयमा भने उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र त्यहाँ रुसको उपस्थितिका विषयमा कुराकानी भएको बताइएको थियो । त्यस समयमा नेटोका विषयमा पनि कुराकानी भएको थियो । सो वार्तापछि रुसी राष्ट्रपति पुटिनले नेटो सुरक्षासम्बन्धी एक सम्झौता पत्र नै पठाएका थिए । -सिन्ह्वा


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #america

तपाईको प्रतिक्रिया दिनुहोस