१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार
दोहा – नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशमा विस्तार गरेको छ। उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशस्थित १६ देशमा संयोजक नियुक्ती गरेको हो।
निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक गंगाधार गौतमले नेपाली कांग्रेसको नीति तथा कार्यक्रमलाई विदेशमा रहेका नेपाली समुदाय समक्ष पुर्याउने उद्देश्यले सो प्रतिष्ठानको विस्तार गरिएको जानकारी दिदै भने, “अब हामि पहिलो चरणमा प्रतिष्ठानलाई थप २२ देशमा विस्तार गर्ने योजना रहेको छ र दोस्रो चरणमा लोकतन्त्रमा आस्थावान साथिहरू भएका तर जनसम्पर्क नभएका मुलुकमा पनि संयोजक तोकेर प्रतिष्ठानलाई विस्तार गर्ने छौं।”
दीप संचार मिडिया संग संछिप्त कुराकानी गर्दै गौतमले नेपाली काँग्रेस, नेपाली जनसम्पर्क समिति र सिङ्गो लोकतन्त्रबादीहरुको डायस्पोरालाई पार्टिको निति तथा कार्यक्रम मार्फत प्रशिक्षित गर्न जनसम्पर्क समिति गठन भएका र लोकतन्त्रबादीहरु सङ्गठित भएका मुलुकहरुमा शाखा प्रमुखको लागी सिफारिस गर्ने सहित अन्तराष्ट्रिय संयोजकको भुमिका पाएकोमा नेता निधि, नेपाली कांग्रेस केन्द्रिय समिती र प्रशिक्षण प्रतिष्ठान प्रति आभार प्रकट गर्दै भने, “प्रतिष्ठानले प्रशिक्षण लगाएतका गतिविधिमा तिब्रता दिनेछ भने आगामी महाधिवेशन भन्दा अगाडी प्रवासमा रहेका लोकतन्त्रवादीहरूको भूमिका कस्तो हुने लगाएतका दस्ताबेशहरू लिखित पेश गर्ने छौं। “
गौतमले मनोनयमा पर्नु भएका १६ वटै शाखा प्रमुखहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आगामी शनिबार २७ फेब्रुअरी २०२१ का दिन विशेष बैठक बस्ने र त्यसपछि थप कार्ययोजनाहरू सार्वजनिक गर्ने जानकारी दिए।
प्रतिष्ठानमा डा. बलराम श्रेष्ठ (जापान), खेमराज बस्नेत (युएई), रामकुमार महतो (स्विजरल्याण्ड), रामबहादुर गुरुङ (हंगकंग), केशब बराल (अमेरिका), देबि भुसाल (दिपिका) इजरायल, क्रान्ति सिंह (कतार), सोम सापकोटा (माल्टा), जितेन्द्र सिंह महता कोरिया (बैतडी), डा. जितु उपाध्याय (क्यानाडा), राजकुमार गौतम (पोर्तुगल), बिनोदबहादुर थापा (मलेसिया), प्रेम सापकोटा (अस्ट्रेलिया), पदम क्षेत्री (रामचन्द्र) नेदरल्याण्ड, गोपालप्रसाद कोइराला (भारत) र कोपिला लिम्बू (बेलायत) रहेका छन्।
क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #जनसम्पर्क समिति
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस