Techie IT
×
गृहपृष्ठग्लोबलगल्फपत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित)

पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित)


रियाद (जिएनएन)- अमेरिकाबाट प्रकाशित हुने हलिउड खबरले एनआरएनए आईएलओ प्रोजेक्ट साउदीमा घोटाला भएको भन्ने आरोप सहितको समाचार प्रकाशित गरेपछि एनआरएनए साउदी अरब द्वारा अहिले सम्म कुनै पनि हिसाब हिना मिना नगरेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। (हेर्नुहोस भिडियो)

डा. उपेन्द्र महत्तोले साउदी भ्रमणको क्रममा नेपाली रु १० लाख बाराबारको आप्रवासी कल्याण कोष भनेर खडा गरिएको र अहिले सम्म साउदी अरबमा समस्या भएका र दैनिक जस्ता समस्या बाट ग्रसित व्यक्तिहरुलाई मात्रै रकम संचालान गर्दै आइरहेको र महिला कोष साथै साउदी अरबले अहिले सम्म जत्ति पनि गरेको कार्य नेपाली दुताबास संग समन्वय गरेर मात्रै अगाडी बढाईएको पत्रकार सम्मेलनमा जनाएको छ । जुन सुकै क्षेत्रमा शिविर संचालन गरे पनि साउदी अरब स्थित कुटनितिक नियोग संगको सम्पर्कमा समन्वय गरेर मात्रै कार्य संचलान गर्दै आइरहेको जनाएको छ।

साउदी अरबको कानुनलाई मध्य नजर गरेर नेपालमा अनलाईन माध्यम बाट संचालन गर्ने गरि २ जना व्यक्तिको नाममा खाता खोलेको साउदी अध्यक्ष तेजबहादुर थापाले जानकारी दिए । साउदी अरबमा जति पनि खर्च चाहिन्छ त्यसलाई समाधान गर्नको लागि साउदी रियाल साउदी अरबमा संकलन गरेर संचालन गर्दै आइरहेको थापाले सम्मेलनमा जानकारी दिए।

प्रमाण बिना लान्छाना लागाएको भन्दै समाचारको एनआरएन साउदीका सबै सदस्यहरुले घोर भत्सर्ना गरेका छन् । उनीहरूले कहि कतै घोटाला गरेको छ भने सप्रमाण आउन अनुरोध गरेका छन् । बिना प्रमाण हलिउड खबरले लेखिएको समाचार प्रति आपत्ति जनाउदै कानुन बमोजिम कारवाही गर्न माग समेत गरेका छन् ।

साथै उक्त कार्यक्रममा उपस्थित भएका नेपाली जनसम्पर्क समिति साउदी अरबका सभापति दिपक रेग्मीले बिना छानबिन अन्दाजमा लेखिएको समाचारले कुपत्रकारको परिचय दिएको र खाडि मुलुक भनेर हेपेर नै समाचार लेखिएको बताए ।

त्यसै गरी एनआरएनए मध्यपूर्व उप संयोजक जोन अर्यालले देशको चौथोअंग भएको पत्रकारिताले व्यक्तिगत रुपमा दोष लगाएको आरोप लाई घोर भत्सर्ना गर्दै अहिले सम्म साउदी अरबमा बसेर कुनै पनि किसिम हिना मिना गरेको थाहा पाइएमा साउदी अरब नै छोडेर जाने स्पष्ट पार्दै बिना प्रमाणको आरोपले आफुलाई कुनै डर नभई हौसला मिलेको र बलिउडले २१ फेब्रुअरी २०२१ मा सम्प्रेषण गरेको समाचार सच्याई सत्य तथ्य रुपमा समाचार सम्प्रेषण नगरेको खण्डमा कानुनि प्रक्रियामा जाने बताए साथै अमेरिकामा बसेर साउदी अरबमा बस्ने नेपाली नागरिकलाई अपहेलन गरेको आरोप समेत लगाउनु भएको छ ।

कोरोना महामारीको समयमा पनि आफ्नो ज्यानको जोखिम मोलेर काम गर्दै आइरहेको व्यक्तिहरुलाई यस्तो किसिमको समाचार छाप्नु भन्दा पहिला सत्य बुज्न आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा साउदी अरबमा अहिले सम्म गरिएको सबै आर्थिक विवरण सहित कुनै पनि ठाउँमा कमि कमजोरी नरहेको बताए ।

हलिउड खबरमा लेखिएको जस्तो कुनै पनि कार्य साउदी अरबका एनआरएनएले नगरेको बताए । डिआर्सी जोन अर्यालले ९ सय अमेरिकी डलर तलब लिएको भन्ने आरोप रहेको र अहिले सम्म कुनै पनि तवरबाट संस्थाका एक पैसा पनि तलब नबुझिएको बताए । आर्यालले प्रमाण सहित आउन चुनौती समेत दिएका छन् ।

 विभिन्न ठाउँबाट मिडियाकर्मीहरुको उपस्थित रहेको सम्मेलन भर्चुअल गरिएको थियो। (हेर्नुहोस भिडियो)




क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस