Techie IT
×
गृहपृष्ठग्लोबलप्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह

प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह


दोहा – देशको वर्तमान अवस्थामा मूल प्रवाहको राजनीति तरल हुँदै गएको समयमा विदेशमा रहेका विभिन्न संघठनहरू पनि एकता हुने र टुक्रिने भएको छ l  यसै प्रशंगलाई जोड्दै विवेकशील साझा प्रवास समितिका नेता सुरेश भट्ट आश्रिनले टिप्पणी गरेका छन्।

विवेकशील साझा पार्टीले पोखरामा गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको र उक्त कार्य अधिनायकवादलाई प्रसय दिएको संज्ञा दिदै संचार कर्मीहरू संगको संक्षिप्त कुराकानीको क्रममा उक्त टिप्पणी गरेका हुन्।

पछिल्लो समय विवेकशील नेपाली दल र साझा पार्टी विचको एकता भएपछी प्रवासमा व्यापक संगठन निर्माण गर्दै २५ वटा देशमा उपस्थिती जनाई सकेको विवेकशील साझा प्रवास समितिका नेता सुरेश भट्ट आश्रिनले पछिल्लो समय देशका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका किङकर्तव्यविमुढ हर्कतको सामाजिक संजालमा खरो टिप्पणी गर्दै आएका छन् l

भट्टले भनेका छन्, “प्रधानमन्त्रीले पार्टीको स्वार्थपूर्तिका लागी प्रवासमा रहेर रगतपसिना संग साटेको रेमिट्यान्स सडकमा कार्यकर्ता उतार्न प्रयोग गर्नू प्रवासी श्रमिकहरू प्रति उदासीन हुनू र उनिहरूलाई अपमानित गर्नू हो।”

भट्ट अगाडी भन्छन्, “विश्वभरका नागरिक कोरोना कहरबाट मुक्तिको लागी निकास खोजि रहदाँ, नेपालमा प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेर पशुपतिनाथ दर्शनको लागी जाने भन्दै जनतालाई झुक्याउँदै, सडकमा कोरोनाको खोप चाहिएको बेला र संविधानबादको पक्षमा उभिएकाहरू विरुद्ध प्रतिशोध साँध्न गरिएको नाटक मञ्चनले देश र जनता दुवै प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले खेलवाड गरेको छन्।”

भट्टले प्रजातन्त्रदेखि लोकतन्त्र र गणतन्त्रका लागि पटक–पटक आन्दोलन भए। माओवादका नाममा बन्दुक उठाउँदा सोह्र हजारभन्दा बढीको ज्यान गयो। अरू मुद्दामा पनि थुप्रैचोटि जनतालाई लडाइएको छ। अहिले पनी प्रधानमन्त्री प्रधानमन्त्री नबनी केवल राजनीतिक दाउपेचमा देश र जनताको दोहन गरिएको छ। देश विकास र जनताको स्वास्थ्य उपचारमा खर्च गर्नूपर्ने राज्यको ढुकुटी कार्यकर्ता भरण-पोषणमा थुपारिएको जिकिर गर्दै यी सबै आन्दोलनबाट आम नेपाली जनताले के पाए र जनतालाई सडकमा उरालेर राजनीति गर्ने नेताहरूले कति लाभ लिन्छन् भन्दै प्रश्न गरे।

भट्टले जनताको लाभ र नेताहरूको प्राप्ति लेखाजोखा गर्ने हो भने नाफाघाटा हामी सबैसामु छर्लंग भएको बताएका छन्।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस