Techie IT
×
गृहपृष्ठग्लोबलनेप्लिज ब्रिटिश कम्युनिटी युकेले ११ औं वार्षिकोत्सव मनाउने

नेप्लिज ब्रिटिश कम्युनिटी युकेले ११ औं वार्षिकोत्सव मनाउने


लण्डन (जीएनएन) – बेलायतस्थित सामुदायिक संस्था, नेप्लिज ब्रिटिश कम्युनिटी युके, ले आफ्नो ११ औं वार्षिकोत्सवको उपलक्षमा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ ।

” विशेष मनोरंजन २०२१” नाम दिइएको उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । आगामी मार्च ६ तारिख, शनिवार,आयोजना गर्न लागिएको उक्त कार्यक्रममा प्रख्यात गायक तथा संगितकार बसन्त सापकोटा, युवा पुस्तामाझ चर्चित गायिका एलिना चौहान तथा गायक राज सिग्देलको संगीतिक प्रस्तुति रहने छ ।

कोरोना महामारीसंगै परिरहेको मानसिक असरलाई मनोरंजन र हाँसोले कम गर्न हास्य कलाकारहरु मनोज गजुरेल र जितु नेपालको प्रस्तुति रहने छ । साथै कविता कन्सर्ट र कवितालाई भावभंगिमा सहित प्रस्तुत गर्ने चर्चित कवि नवराज पराजुलीको पनि प्रस्तुति रहने छ ।

कार्यक्रममा बेलायतका स्थानीय स्रस्टाहरु नृपेश उप्रेती, नारायण गाउँले, फडिन्द्र भट्टराई, मंजु भण्डारी, रमेश कायस्थ, दिपक थापा, आशिष राज लगायतको प्रस्तुति रहने एनबिसी युकेले शनिबार आयोजित एक प्रेस मिट मार्फत जानकारी गराएको छ । भर्चुअल रुपमा प्रस्तुत हुने उक्त कार्यक्रमको लाइभ स्ट्रिम बेलायतका अधिकांश अनलाइन लगायत नेपाल तथा अन्य देशमा संजाल रहेको ग्लोबल नेप्लिज न्युज नेटवर्कका साइटहरु मार्फत पनि प्रसारण हुने छ ।

विना कुनै औपचारिकता कार्यक्रम विशुद्ध मनोरंजनात्मक हुने कार्यक्रम संयोजक तथा एनबिसी युकेका सांस्कृतिक संयोजक किरण अधिकारीले जानकारी दिए । संस्थाका सचिव रबिन्द्र अधिकारीले कार्यक्रमको खाकाबारे जानकारी दिएका थिए ।

पत्रकार सम्मेलनमा संस्थाका संस्थापक अध्यक्ष कमल कमल पौडेल साथै अन्य पदाधिकारीहरु ऋषि खनाल, समिरनाथ प्याकुरेल, लेखनाथ घिमिरे , कुल सिग्देल, चुरामणी रेग्मी, अन्जु सिग्देल, सुरज कार्की, भन चन्द , प्रभु न्यौपाने लगायतका पदाधिकारी तथा सल्लाहकारहरुको पनि उपस्थिति थियो । कार्यक्रममा सहभागी हुने सबै कलाकारहरुले बिना पारिश्रमिक स्वयंसेवी रुपमा प्रस्तुति दिने बताइएको छ ।

कार्यक्रमका लागि विभिन्न ब्यापारिक संघसंस्थाहरुसंग सहयोग स्वरुप केहि सहयोग संकलन गरिने र उक्त रकम बेलायतस्थित नेपाली समुदायको हितका लागि खर्च गरिने संस्थाका संयोजक राज ओझाले जानकारी दिए ।


क्याटेगोरी : ग्लोबल, यूरोप


तपाईको प्रतिक्रिया दिनुहोस