Techie IT
×
गृहपृष्ठग्लोबलनेपाली पत्रकारहरुसगं सदैव आफुहरु साथ दिने : संचार मन्त्रि पार्वत गुरुङ

नेपाली पत्रकारहरुसगं सदैव आफुहरु साथ दिने : संचार मन्त्रि पार्वत गुरुङ


युरोप (जिएनएन)- साईप्रस नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने सुचना , प्रविधि तथा संचार मन्त्रि पार्वत गुरुङले प्रतिबद्धता जनाउनु भएको छ । नेपाल पत्रकार महासघं युरोप शाखाको चौथो अधिवेशनलाई भर्चुवल माध्यमबाट उदघाटन गर्दै नेपालको राजनितिक गतिरोध छिट्टै अन्त्य हुने बताउनु भएको हो ।

प्रवासमा बसेर नेपाली पत्रकारहरुले आफनो मातृभुमिको माया गरेर नेपालीपन झल्काएकोमा आफु धेरै खुसि भएको र पत्रकार महासघं युरोप शाखासगं आफु र सारा मन्त्रालय साथमा रहेको बताउनु भयो ।

युरोप शाखामा रहेका पत्रकारहरुले खेलेको भुमिका अत्यन्त्य सरहनिय रहेको भन्दै मन्त्रि गुरुङले प्रशसां गर्नु भएको थियो । महासघं युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष गोविन्द आर्चाय , विशिष्ट अतिथि नेपाली राजदुतावास बेल्जीयमका राजदुत गेहेन्द्र राजभण्डारी , जर्मनीका नेपाली राजदुत रामकाजि खडका , डेनमार्कका लागि नेपाली राजदुत यव नाथ लम्साल , पत्रकार महासघंकी केन्द्रिय सचिव लक्ष्मि पुन , गैरआवासीय नेपाली सघंका केन्द्रिय महासचिव डा. हेमराज शर्मा ,एनआरएनए युरोप संयोजक नारायण आर्चाय , नेपाल पत्रकार महासघं बेलायतका अध्यक्ष नरेश खपांगी मगर , विविसी नेपाली सेवाका पुर्ब बरिष्ठ पत्रकार भगिरथ योगी ,प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला , एनआरएनए पोतुगलका अध्यक्ष तिलक गैरे लगाएत विभिन्न देशका पत्रकार , एनआरएनए अभियान्ता , राजनितिक दलका प्रतिनिधि लगाएत उच्च पदस्पदहरुको सहभागिता रहेको छ ।

नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यबाहक महासचिव द्रोण रिजाल एवमं सचिव महेश अर्चायको संयुक्त संचालनमा भएको कार्यक्रममा पत्रकार महासघं युरोप शाखाले खेलेको महात्वपुर्ण योगदान गरेकोमा अथितिहरुले प्रशांसा ब्यक्त गर्नुभएको थियो ।

साथै कार्यक्रममा अतिथिहरुलाई स्वागत पत्रकार महासघं युरोप शाखाकी कार्यसमिति सदस्य सरला कट्टेल गर्नुभएको थियो भने , पत्रकार महासघं केन्द्रिय कार्यलयले खटाएको केन्द्रिय पर्यवेक्षक एवमं पत्रकार महासघं बेलायतका पुर्ब अध्यक्ष चिरन शर्माको विशेष उपास्थितिमा सम्पन्न भएको थियो ।


क्याटेगोरी : ग्लोबल, यूरोप
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस