Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फतनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान

तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान


दोहा- वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरु द्वारा स्थापित तनहुँ सेवा समाज द्वारा ६ महिने शिशु जीवन भट्टराईको उपचारका लागी ७५ हजार ८ सय रुपैया शुक्लागण्डकी नगरपालिका स्थिति उप मेयर सबिता रसाइलीको उपस्थितिमा पीडित परिवार लाई हस्तान्तरण गरिएको छ ।

प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरुको सहारा बन्दै समाजले पुर्याएको योगदान उच्च रहेको भन्दै उपमेयर रसाइलीले समाज र सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु बिच सामाजिक कार्य गर्दै आएको समाजले सस्थामा कसैको पनि आर्थिक नभएको कारण उपचार बाट बन्चित हुन नपरोस् । न्यानो कपडा नभएर चिसो बाट पीडित हुन नपरोस् भन्ने हेतु ले हामी जे जति सकिन्छ एकापसमा मिलेर समाजमा टेवा पुर्याउदै आइरहेको अध्यक्ष नारायण प्रसाद ढुङ्गानाले बताउनु भयो ।

समाजले भट्टराईको उपचार सगै गृह जिल्लामा सामाजिक सहयोगको कार्यक्रम अभियानअन्तर्गत यसै साता सबै स्थानिय तहका ७० गरिब तथा बिपन्न परिवारहरुलाई न्यानो सिरक(ब्लान्केट) सहयोग समेत हस्तान्तरण गरिसकेको महासचिव मिनराज वाग्ले बताए ।

सिरक बितरण तथा पीडित परिवार लाई आर्थिक सहयोग गर्न समाजका सदस्य गोबिन्द प्रसाद सुवेदी समन्वय गरेका थिए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस