Techie IT
×
गृहपृष्ठग्लोबलगल्फदाङ्ग देउखुरी सेवा समाज कतारको पाचौं साधारण सभा सम्पन्न, अध्यक्षमा बुढाथोकी

दाङ्ग देउखुरी सेवा समाज कतारको पाचौं साधारण सभा सम्पन्न, अध्यक्षमा बुढाथोकी


दोहा – दाङ्ग देउखुरी सेवा समाज दोहा कतारको पाचौं साधारण सभा तथा ९ औं वार्षिक उत्सव गत शुक्रबार दोहा कतार स्थित  गोर्खा नेपाली रेस्टुरेण्टमा सम्पन्न भएको छ। सभाले समाजका प्रथम उपाध्यक्ष छबिलाल बुढाथोकीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ।

निकै सौहार्दपूर्ण वातारनमा सम्पन्न सभाले निविरोध निर्वाचति गरेको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रण बहादुर के सि, द्दितिय उपाध्यक्षमा राजन चापागाई,  महिला उपाध्यक्षमा उषा परियार, महासचिवमा केशब बुढा मगर, सचिवमा गोपाल राज पोख्रेल,  कोषाध्यक्षमा मनिषा खड्का र सह-कोषाध्यक्षमा  छबिलाल परियार चयन भएका छन्।

त्यस्तै सभाले चर्चित कलाकार शरद पाण्डे, वसन्त कवर, नारायण थापा, मनिरत्न तुलाधर, बिष्णु के सि, सुर्य बहादुर कठायत, देवा अधिकारी, प्रेम चौधरी, साजना स्वोर्णकार, यज्ञ बुढाथोकी, माधब भन्डारी, खेतुलाल थापा छेत्री र जंग बहादुर रोका मगरलाई केन्द्रिय सदस्यमा चयन गरेको छ।

समजाका उपाध्यक्ष छबिलाल बुढाथोकिको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा समाजका अध्यक्ष हेम राज बस्नेत को सभापतित्व एवं समाजका प्रमुख सल्लाहकार बसन्त राज पुरीको प्रमुख आतिथ्यता एवं दिप संचार मिडियाका प्रधान सम्पादक तथा एआरएनए यूथ मिडिया एण्ड पब्लिकेशनका ग्लोबल संयोजक दिपजङ्ग शाहको विशेष अतिथ्यता रहेको थियो।

साँस्कृतिक विभागकि सदस्य एवं कलाकार साजना स्वोर्णकारको नृत्य एवं महिला विभागकी संयोजक उषा परियार, सांस्कृतिक  विभागका संयोजक राजन चापागाइ, कलाकार शरद शर्मा लगायतको आतिथ्यता रहेको सभालाई सम्बोधन गर्दै सभाका सभापति बस्नेतले कोरोना कहरका कारण पछिल्लो ११ महिनामा भौतिक रूपमा गर्न सक्ने उल्लेखनीय कार्य गर्न नसके पनि समग्रमा आफ्नो कार्यकाल सफल भएको बताउँदै अब आउने नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।  बस्नेतले थपे “मैले शुरुवात गरेका र गर्न बाँकी रहेका कत्ति कामहरू छन्, त्यो नयाँ समितिले गर्नेछ।  मेरो साथ र नेतृत्व सदैब रहीरहेन छ।”

सभाका सजहजकर्ता  एवं महासचिव मीन राज पुनले दुई बर्से कार्यकालको कार्यप्रगती प्रतिबेदन र समाजका कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

निकै हर्षित मुद्रामा देखिएका नव निर्वाचित अध्यक्ष बुढाथोकीले अबको कार्यकाल एतिहासिक बनाउने प्रतिबद्दता ब्यक्त गर्दै भने, “अब यस नव निर्वाचित कार्यसमितीको पहिलो बैठकले सल्लाहकार समिति, साँस्कृतिक समिति लगाएत विभिन्न टास्कफोर्स मनोनित गर्ने छ।  मेरो प्रतिबद्दता र साहस भनेको तपाईहरू नै हो।”


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस