गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए कतार च्याप्टरको प्रथम उपाध्यक्षमा भण्डारीको जिम्मेवारी एनआरएनए कतार च्याप्टरको प्रथम उपाध्यक्षमा भण्डारीको जिम्मेवारी दीप जङ्ग शाह असार १८, २०७६ गते १६:३५ मा प्रकाशित दोहा, आफूलाई झण्डै एक दशक देखि सामाजिक अभियन्ताका रुपमा स्थापित गर्दै लगेका नारायण भण्डारीले पछिल्लो समयमा एक कुशल यूवा व्यवसायी एवं समाजसेवीका रुपमा आफ्नो छविलाई निपुणता दिदै आएका छन् । नामको पछाड़ी समाजसेवी राख्दा सामाजिक उत्तरदायित्वमा थप उर्जा मिल्नेमा विश्वास गर्ने भण्डारी मज़दूर हक़ हित र वार्षिक सयौंका रुपमा फर्किने रातों बाकसको न्यूनिकरणमा कृयाशिल भएर लागेका छन् ।भण्डारीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९-२०२१ का लागि पञ्जिकृत सदस्यता लिने सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै गैर आवासीय नेपाली संघ र कतार च्याप्टरको प्रथम उपाध्यक्ष पदको जिम्मेवारी बहन गरि कतारमा कार्यरत गैर आवासीय नेपालीहरुको हक हितमा काम गर्ने अवसर दिनका लागि सल्लाह, सुझाब र अमुल्य भोट दिएर सहयोग गर्न अपिल गर्दै फ़ेसबुक मार्फ़त विज्ञप्ति जारी गरेका छन् । भण्डारीको विज्ञप्ति जस्ताको त्यस्तै :मेरो उम्मेदवारी प्रथम उपाध्यक्षमाहार्दिक अपिल“गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार” को प्रथम उपाध्यक्ष पदमा मेरो उम्मेदवारी।– आदरणीय गैरआवसिय नेपाली संघका सस्थापक एबम अग्रज अभियन्ताज्युहरु,– पंजिकृत सदस्य महानुभावहरु,– कतारमा स्थापित सम्पुर्ण संघसस्था का प्रमुख तथा पदाधिकारीज्युहरु,– कतारबासि नेपालि दाजु भाई तथा दिदी बहिनिहरु, – पत्रकार मित्रहरु NRNA NCC कतारमा २०१३ देखि एउटा पार्षद सदस्य को रुपमा रहि NCC कतारले दिएको युवा सह संयोजक हुदै आफ्नो जिम्मेवार पुर्ण रुपमा निर्बाह गर्दै आएको कुरा यहाँहरुलाइ अबगत नै छ । बिगत मा पनि NCC कतार को कार्यसमिति पद मा रहि थप जिम्मेबारी निर्बाह गर्ने सोचका साथ अगडि आउने क्रममा आफु भन्दा अग्रज ब्यक्तित्वज्युहरुको आग्रह तथा उहाहरुको भनाइलाई मनन गरि उहाँहरुबाटै सिफारिश भई आउनुभएका उम्मेदवार ब्याक्तित्वज्युलाई सहजिकरण गराएको कुरा यहाँहरु सबैलाई जानकारी गराउन चाहान्छु । बिगत १० बर्ष देखि दोहाका सामाजिक संस्थामा बसेर मैले काम गर्दै गर्दा संस्थामा मैले सिकेको र मैले महसुस गर्दै आएको श्रमीक हकहित र दिनहु चेतना को कमी ले जाने रातो बाक्सा को न्याय को लागि सबै को साझा संस्थामा रहेर कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को 2019-2021 कार्यकालको निर्वाचनका लागि प्रथम उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिने बिचार बनाएको यहाँहरु सबैलाई सहर्ष जानाकारी गराउन चाहन्छु । र उक्त भुमिकामा आउन र रहनकालागी यहाँहरुको साथ सहयोग र आवश्यक आधारकोलागि तपाईहरु सम्पुर्णलाई सहयोगकालागी हार्दिक अपिल गर्दछु।धन्यबाद सहितनारायण भण्डारी “समाजसेवी”प्रथम उपाध्यक्षको अाकाङक्षीक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबायोमेट्रिकका नाममा कैलास खड्काको बदमासी, मलेसिया पठाउन लागेको १८ करोड…सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्पभुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्वमिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन बेलायतको सुपरयाटमा आगलागी प्रधानमन्त्री देउवा : गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था हो बायोमेट्रिकका नाममा कैलास खड्काको बदमासी, मलेसिया पठाउन लागेको १८ करोड रोक्न अर्थमन्त्रालय र राष्ट्रबैंकमा उजुरी भोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा एएफसी एसियन कप : मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दै नेपाल सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प