गृहपृष्ठ ∕ ग्लोबल ∕ आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम जीएनएन पुस २६, २०७७ गते २२:४६ मा प्रकाशित लन्डन (जीएनएन) — कोभिड-१९ संगै प्रवासमा रहेका नेपालीहरुमा आत्महत्याका घटनाहरु बढ्दै जाँदा गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले एक अभिमुखीकरण तालिम आयोजना गरेको छ ।विश्वव्यापी मृत्युको १५ औं कारकमा सुचिकृत आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने भुमिकाबारे आधारभुत प्रशिक्षण विषयगतविज्ञ चिकित्सकहरुले सहजीकरण गरेका थिए। उक्त तालिममा मध्यपुर्वका कतार, युएई, साउदी अरब, ओमान लगायत मलेसिया, दक्षिण कोरिया, जापान, युके लगायत विश्वका श्रम गन्तव्य मुलुकहरुबाट नेपालीहरुले सहभागिता जनाएका थिए ।जापानमा कार्यरत मनोचिकित्सक डा. विजय ज्ञवाली तथा नेपालमा कार्यरत डा. रन्जन थापाले नेपालबाट झन्डै चार घन्टा भर्चुअल विधिबाट प्रशिक्षण दिएका थिए । नेपालमा बर्सेनि ६ हजारभन्दा बढी नेपालीहरुले आत्महत्या गरेको तथ्य सार्वजनिक गर्दै विगत वर्षहरुको तुलनामा आत्महत्या दर बढदै गएको र यसको रोकथामका लागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे प्रशिक्षण दिइएको थियो ।वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीहरुले आत्महत्या गर्ने क्रम बढदै गएकोले यसका कारण र रोकथामका लागि सामाजिक संस्थाहरु, अभियन्ताहरु, पत्रकारहरुले समस्या समाधानमा जिम्मेवारीपुर्वक काम गर्न सुझाइएको थियो । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले कोभिड-१९ का कारण विदेशमा रहेका नेपालीहरुमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या देखिएको र आत्महत्याका घटनाहरु पनि बढेकाले संघले यस्तो प्रशिक्षण कार्यक्रम शुरु गरेको बताए।उनले यो प्रशिक्षण जारी नै रहेको र प्रशिक्षण लिन इच्छुक व्यक्तिहरुले suicideprevention@nrna.org मा इमेल पठाएर सम्पर्क गर्न सुझाव दिए। शुक्रबार मात्रै बेलायतमा एक ३२ वर्षीय लोकप्रिय गायकले आत्महत्या गरेका छन् भने केहि दिन अघि पोर्चुगलमा अर्का नेपाली युवाले आत्महत्या गरेको खबर आएको थियो। गत एक वर्षमा नेपाल बाहिर कम्तीमा १० जना नेपालीहरुले आत्महत्या गरेको आफुहरुलाई जानकारी आएको समितिले जनाएको छ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्तबेलायतमा देखियो ओमिक्रोनको सहप्रजातिनेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन,…उत्तर कोरिया प्रतिबन्ध : अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ८विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ताजा अपडेट निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल जीप दुर्घटना हुँदा २ जनाको मृत्यु ब्राउन सुगरसहित एक महिला पक्राउ काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक एकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्यु माओवादीका वडा अध्यक्ष काँग्रेसमा प्रवेश विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड नाघ्यो सरकारी कर्मचारीलाई मोबाइल राख्न निषेध