गृहपृष्ठ ∕ ग्लोबल ∕ आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम जीएनएन पुस २६, २०७७ गते २२:४६ मा प्रकाशित लन्डन (जीएनएन) — कोभिड-१९ संगै प्रवासमा रहेका नेपालीहरुमा आत्महत्याका घटनाहरु बढ्दै जाँदा गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले एक अभिमुखीकरण तालिम आयोजना गरेको छ ।विश्वव्यापी मृत्युको १५ औं कारकमा सुचिकृत आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने भुमिकाबारे आधारभुत प्रशिक्षण विषयगतविज्ञ चिकित्सकहरुले सहजीकरण गरेका थिए। उक्त तालिममा मध्यपुर्वका कतार, युएई, साउदी अरब, ओमान लगायत मलेसिया, दक्षिण कोरिया, जापान, युके लगायत विश्वका श्रम गन्तव्य मुलुकहरुबाट नेपालीहरुले सहभागिता जनाएका थिए ।जापानमा कार्यरत मनोचिकित्सक डा. विजय ज्ञवाली तथा नेपालमा कार्यरत डा. रन्जन थापाले नेपालबाट झन्डै चार घन्टा भर्चुअल विधिबाट प्रशिक्षण दिएका थिए । नेपालमा बर्सेनि ६ हजारभन्दा बढी नेपालीहरुले आत्महत्या गरेको तथ्य सार्वजनिक गर्दै विगत वर्षहरुको तुलनामा आत्महत्या दर बढदै गएको र यसको रोकथामका लागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे प्रशिक्षण दिइएको थियो ।वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीहरुले आत्महत्या गर्ने क्रम बढदै गएकोले यसका कारण र रोकथामका लागि सामाजिक संस्थाहरु, अभियन्ताहरु, पत्रकारहरुले समस्या समाधानमा जिम्मेवारीपुर्वक काम गर्न सुझाइएको थियो । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले कोभिड-१९ का कारण विदेशमा रहेका नेपालीहरुमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या देखिएको र आत्महत्याका घटनाहरु पनि बढेकाले संघले यस्तो प्रशिक्षण कार्यक्रम शुरु गरेको बताए।उनले यो प्रशिक्षण जारी नै रहेको र प्रशिक्षण लिन इच्छुक व्यक्तिहरुले suicideprevention@nrna.org मा इमेल पठाएर सम्पर्क गर्न सुझाव दिए। शुक्रबार मात्रै बेलायतमा एक ३२ वर्षीय लोकप्रिय गायकले आत्महत्या गरेका छन् भने केहि दिन अघि पोर्चुगलमा अर्का नेपाली युवाले आत्महत्या गरेको खबर आएको थियो। गत एक वर्षमा नेपाल बाहिर कम्तीमा १० जना नेपालीहरुले आत्महत्या गरेको आफुहरुलाई जानकारी आएको समितिले जनाएको छ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै