गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास दीप संञ्चार पुस ८, २०७७ गते २:०१ मा प्रकाशित दोहा – विवेकशील साझा पार्टी प्रवासले प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद विघटनको लागि चालेको कदमलाई असंवैधानिक भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेको छ।प्रवासले कतार स्थित नेपाली राजदूतावास मार्फत नेपाल सरकार मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालयलाई एक ज्ञापन पत्र मार्फत यस्तो आग्रह गरेको हो।विवेकशील साझा पार्टी प्रवासका केन्द्रि सदस्य सुरेश भट्ट आश्रिन द्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, “प्रधानमन्त्री केपी ओलीले अनायास संसद विघटनको सिफारिश गर्नु असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम र संविधानमाथिको स्पष्ट ‘कू’ भएको ठहर गर्दै हामी प्रवासमा रहेका नेपालीहरुका तर्फबाट यो कदमबाट पछि हट्न अनुरोध गर्दछौँ ।”श्रमिक नेपालीको पिडामा बेखबर रहेको सरकारले यस्ता जनविरोधी काम गर्नू भनेको कर्तव्य विमुखको पराकाष्ठा भएको दाबि गर्दै पत्रमा नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको तथा संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई हुँदाहुँदै निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री र राष्ट्रपतिले देशमाथी घात गरेको ठहर गरिएको समेत उल्लेख गरिएको छ।उक्त ज्ञापन पत्रमा पटकपटक सर्वोच्च अदालतबाट विदेशमारहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न गरेको आदेश समेत पालना नगरेको तथा कोरोनाकालमा समेत प्रवासमा रहेका प्रवासीलाई वेवास्ता गरेको आरोप लगाउंदै यस पछिल्लो कदमले प्रवास रहेका लाखौँ श्रमजीवी नेपालीको मन कुँडिएको कुरा उल्लेख गरेको छ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा…एनआरएन सिंगिङ आइडल : को, कहाँबाट सहभागी हुन पाउँछन् ?…एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन…नेपाली जनसम्पर्क समिति कतारको पाँचौ अधिवेशन सम्पन्न, सभापतिमा अजिज अलि… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु