गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास दीप संञ्चार पुस ८, २०७७ गते २:०१ मा प्रकाशित दोहा – विवेकशील साझा पार्टी प्रवासले प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद विघटनको लागि चालेको कदमलाई असंवैधानिक भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेको छ।प्रवासले कतार स्थित नेपाली राजदूतावास मार्फत नेपाल सरकार मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालयलाई एक ज्ञापन पत्र मार्फत यस्तो आग्रह गरेको हो।विवेकशील साझा पार्टी प्रवासका केन्द्रि सदस्य सुरेश भट्ट आश्रिन द्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, “प्रधानमन्त्री केपी ओलीले अनायास संसद विघटनको सिफारिश गर्नु असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम र संविधानमाथिको स्पष्ट ‘कू’ भएको ठहर गर्दै हामी प्रवासमा रहेका नेपालीहरुका तर्फबाट यो कदमबाट पछि हट्न अनुरोध गर्दछौँ ।”श्रमिक नेपालीको पिडामा बेखबर रहेको सरकारले यस्ता जनविरोधी काम गर्नू भनेको कर्तव्य विमुखको पराकाष्ठा भएको दाबि गर्दै पत्रमा नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको तथा संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई हुँदाहुँदै निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री र राष्ट्रपतिले देशमाथी घात गरेको ठहर गरिएको समेत उल्लेख गरिएको छ।उक्त ज्ञापन पत्रमा पटकपटक सर्वोच्च अदालतबाट विदेशमारहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न गरेको आदेश समेत पालना नगरेको तथा कोरोनाकालमा समेत प्रवासमा रहेका प्रवासीलाई वेवास्ता गरेको आरोप लगाउंदै यस पछिल्लो कदमले प्रवास रहेका लाखौँ श्रमजीवी नेपालीको मन कुँडिएको कुरा उल्लेख गरेको छ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति