Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकानेपाल आदिवासी जनजाति महासंघ अमेरीकाद्वारा नेपालमा २६ लाख रूपैया बराबरको खाद्यान्न राहत वितरण

नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाद्वारा नेपालमा २६ लाख रूपैया बराबरको खाद्यान्न राहत वितरण


अमेरीका  — नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)ले गत जुलाई ५,२०२० देखी २९,अगष्ट २०२० सम्म करिव दुई महिना नेपालको विभिन्न ठाउँमा २२ हजार ५२ डलर आ सेन्ट बराबरको खाद्यान्न राहत वितरण गरेको छ ।कोरोना महामारीका कारण वेरोजगार बनेका मजदुरहरू, सिमान्तकृत , दलित तथा गरिब वर्गहरूमा थोरै भए पनि राहत पुगोस भन्ने हेतुले वितरण गरिएको हो ।

२३८ जना अमेरीका स्थित नेपाली समुदयका मनकारी महानुभावहरूले फिप्नाको आर्थिक संकलनको अभियानलाई साथ दिएका थिए । समुदायद्वारा संकलित रकमलाई वितरणको पारदर्शिता देखाउने उदेश्यले नोभेम्बर ८,२०२० का दिन फिप्नाले पत्रकार सम्मेलन गरी कार्यक्रमको विस्तृत विबरण सहित आयव्याय सार्वजनिक गरेको छ । भर्चुवल रूपमा पत्रकार सम्मेलन गरी सहयोगी मनकारी महानुभावहरू , संघ संस्थाहरू , स्वयंसेवकहरू साथै आयोजक व्यवस्थापक संस्थाहरूलाई फिप्नाद्वारा जारी विज्ञप्ति मार्फत धन्यबाद व्यक्त गरिएको छ ।

फिप्नाले उपत्यकामा प्रत्येक दिन तिन सय जना साथै छैठौ र सातौ दिन पाँच सयलाई लगातार सात दिन सम्म खाना वितरण गरेको थियो । साथै सोलु वाल कल्याण, साँखुमा रहेको अपांग परिवार , साथै सिद्विसेवा वृद्धाश्रमलाई खाद्यान्न वितरण गरिएको थियो । उपत्यका बाबुराम दैलेखको राउटे ५३ परिवार , सिरहाको मुसहर ६० परिवार , धनकुटाको मजदुरहरू ६० परिवार , मकवानपुरको चेपाङ ६० परिवार , सुनसरीको कोशिटप्पुमा रहेको ४० परिवार गरिब तथा मजदुरहरू , धरानको ४० परिवार सुकुम्बासी तथा मजदुरहरू ,मकवानपुरकै राक्सिराङ -५ का १५१ परिवार , साथै दाङको तुलसीपुर लमही क्षेत्रका ६० परिवारलाई राहत वितरण गरिएको छ । प्रत्येक परिवारलाई २५ किलो चामल , २ किलो दाल , १ लिटर तेल , १ प्याकेट नुन साथै राउटे परिवारलाई र उपत्यकाका बिस परिवारलाई टेन्ड समेत वितरण गरिएको छ ।

रोजगारी गुमाएका मजदुरहरू , अनाथ , असाहाय, बृद्व बृद्वाहरू, साथै सुकुम्बासी बस्ती, सिमान्तकृत समुदाय तथा सिल्पी/ दलित समुदायहरूमा देशभर फिप्नाको अभियानलाई सम्पन्न गर्न प्रत्यक्ष सहकार्य गरीएको संस्थाहरूमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज), PA NEPAL (Prisoner’s Assistance Nepal) , दलित जागरण केन्द्र नेपाल गोलबजार , सिरहा, होटल चप्लेटीका संचालक तथा समाजसेवी भोलामणी हर्तम्छाली राई , लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रर्वद्वन समिती, नया अनलाइन टिभी,रिदम अनलाइन टिभी ,संसार न्युज डटकम ,रामेछाप काठमाण्डौ पत्रकार समाज, ग्रामीण क्लब हाउस नेपाल , राक्सिराङ गाउँपालिका , नेपाल चेपाङ संघ बाग्मती प्रदेश समिती, नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समिती ,नेपाल आदिवासी जनजाति महासंघ गुराँस गाउँपालिका समन्वय समिती ,नेपाल आदिवासी जनजाति महासंघ धनकुटा समन्वय समिती , लोकेश्वर मिडिया सर्भिर , नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद दाङ, सिन्धु वेलफेयर सोसाइटी अमेरीका, बाग्लुङ सेवा समाज अमेरीका साथै वितरण गरिएको ठाउको स्थानिय निकायहरू रहेका छन् ।

फिप्नाले खास गरेर समानता , स्वतंत्रतता , मानवाधिकार, आदिवासी अधिकार, सांस्कृतिक, भाषिक, लैंगिक तथा समानुपातिक समावेसीकरण र पहिचानको सवालमा विभिन्न सन्दर्भमा बहस तथा जागरणका कार्यक्रमहरू गर्दै आईरहेको छ । साथै प्राकृतिक विपत्ति, महामारी , संकट जस्ता मानविय सेवा गर्नुपर्ने समयमा फिप्ना सधै अग्रपंतीमा रहेर काम गर्ने गर्दछ । फिप्नाले गत मार्च देखी जुलाई महिना सम्म अमेरीकामा समेत कोरोना महामारीबाट बच्च पिपिई सामाग्री २६ वटा संघ संस्थाहरूलाई वितरण गरेको थियो । फिप्नाको कार्यलयबाट प्रत्यक्षरूपमा एघार हजार माक्स , सत्र हजार ग्लव्स, छब्बीसहजार टाईनल साथै अन्य सामानहरू वितरण गरेर पन्ध्रसय भन्दा धेरै परिवारलाई सेवा प्रदान गरेको थियो ।

पत्रकार सम्मेलनमा फिप्नाका अध्यक्ष लोक चेम्जोङले सम्पूर्ण दाताहरू , आयोजना व्यवस्थापकहरू , स्वयंसेवकहरू सन्चारकर्मीहरू , यो अभियानलाई साथ दिने सबैमा हार्दिक धन्यबाद व्यक्त गर्नुभएको छ ।


क्याटेगोरी : ग्लोबल, अमेरिका
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस