Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबललेवनानको राजधानी बेरुतमा संकटकाल घोषणा

लेवनानको राजधानी बेरुतमा संकटकाल घोषणा


एजेन्सी – मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको छ । बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद बैठकले संकटकाल घोषणा गरेको हो ।

मन्त्रिपरिषद बैडकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको छ । विष्फोट बेरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको थियो ।

उक्त विष्फोटपछि अब देशका लागि एक महिनाका लागि पुग्ने खाद्यान्न समेत स्टक नभएको बताइएको छ । विष्फोटमा परेर एक सयजना भन्दा बढीको मृत्यु भएको जनाइएको छ भने ४ हजारजना भन्दा बढी घाइते भएका छन् ।

बुधबार त्यहाँका सूचनामन्त्रीद्वारा जारी विज्ञप्ति अनुसार उक्त गोदाममा २७५० टन अममोनियम नाइट्रेट राखिएको थियो । अतिशवाजी पछि गोदाममा आगलागी भएर विष्फोट भएको अनुमान गरिएको छ ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस