Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनएको पहलमा मध्यपूर्व र मलेसियालाई ५ करोड सहयोग, मध्यपूर्व संयोजक गुरुङद्वारा खुशी व्यक्त

एनआरएनएको पहलमा मध्यपूर्व र मलेसियालाई ५ करोड सहयोग, मध्यपूर्व संयोजक गुरुङद्वारा खुशी व्यक्त


दोहा – कोरोना कहर संगै आएको विविध समस्याहरूसंग लड्नको लागि गैरआवासीय नेपाली संघ(एनआरएनए)को पहलमा संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले मध्यपूर्वका कतार, युएई र साउदी तथा एशिया प्यासिपीक अन्तरगत मलेसिया गरि चार मुलुकलाई झन्डै ५ करोड १० लाख नेपाली रुपैंया आर्थिक सहयोग गरेको छ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आइएलओ र गैर आवासीय नेपाली संघ बीच गत मंगलवार सहमति पत्रमा हस्ताक्षर भएको फेसबुक स्टाटस मार्फत जानकारी गराएका थिए।  पन्तले संघद्वारा ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको जानकरी समेत दिएका छन्।  पन्तले भनेका छन्, “ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने पनि संघको तयारी छ । साथै आईएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिनेछ ।”

त्यस्तै गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले गैर आवासीय नेपाली संघप्रति विश्वभरका नेपाली लगायत अन्तर्राष्ट्रिय समुदायको समेत भरोसा रहेको भन्ने सन्देश गएकाले आएलओको आर्थिक सहयोग दिएको जानकारी गराउँदै भनेका छन्, वैदेशिक रोजगार विभाग र प्रस्ताव निर्माण समितिको प्रयास समितिमा रही म लगाएत, “डा. हेम राज शर्मा डा. परू श्रेष्ठ र एकनाथ खतिवडाको अथक प्रयास र सहकार्यले यो सफलता प्राप्त भएको हो।”

त्यस्तै एनआरएनए महासचिव डा. हेमराज शर्माले कोभिड–१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गरेको जानकारी दिदै भनेका छन्, “एनआरएनएले अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोग प्राप्त गरेको यो पहिलो पटक हो । धन र मन भएका एनआरएनएका अभियन्ताको खल्तीबाट मात्र होईन अन्य श्रोतबाट पनि सहयोग जुटाउन सकिन्छ भन्ने यो पहिलो उधाहरण हो र यो अन्तिम हुने छैन ।”

यसैविच गैर आवासीय नेपाली संघ मध्यपूर्वका संयोजक प्रविण गुरुङले एक विज्ञप्ति जारी गर्दै एनआरएनएनए अभियानको अभियानमा अभियन्ता बाहेक अन्तराष्ट्रिय दातृ निकायबाट पाएको यो सहयोग एतिहासिक भएको बताउँदै यस सफल्ताताको लागि गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगाएत आहोरात्र खटिने संघका प्रथम उपाध्यक्ष डा. बद्रि केसी, संघका महासचिव डा. हेम राज शर्मा, डा. परू श्रेष्ठ ज्यूँ र एकनाथ खतिवडा प्रति हार्दिक आभार व्यक्त गर्दै मध्यपूर्वको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। गुरुङले भनेका छन्, “एनआरएनको अभियान अन्तरगत इतिहासमै पहिलो पटक मध्यपूर्वका युएई, कतार र साउदी अरब साथै दक्षिण एशियाली मुलुक मलेशियाका लागि प्राप्त यस रकमले यस क्षेत्रका निकै पिडामा परेका नेपालीलाई मलम लगाउन सकिने छ भन्ने विश्वास लिएको छु।

एनआरएनएको यो एतिहासिक कार्यको उच्च प्रशंसा गर्दै गुरुङले थपे, “संघले यस क्षेत्रमा रहेका नेपालीहरूको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कोरोना कहर कै कारण रोजगार गुमाउन बाध्य नेपालीहरूलाई परामर्श दिने तथा तत्काल नेपाल फर्किनेहरूका लागि समेत खर्च  गर्ने तयारी गरेकोमा संघका अध्यक्ष श्री कुमार पन्त ज्यूँ एवं सम्पूर्ण समिति प्रति हार्दिक कृतज्ञता सहित खुशी व्यक्त गर्दछु। यस क्षेत्रका कुटनितिक नियोग तथा एनसिसिको पूर्ण सक्रियतामा वास्तविक पिडित पहिचान गरि यो रकमलाई  सदुपयोग गर्दै राहत तथा उद्धार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु। ” 

गुरुङले दीप संचार मिडिया संग कुराकानी गर्दै भने, “गैर आवासीय नेपाली संघ प्रदेशमा रहेका नेपालीको एक सच्चा साथी रहेको र नेपालीका लागि नेपाली भन्ने शब्दावलीको पहरेदार भएको विश्वास दिलाउँदै यस क्षेत्रमा रहेका एनसिसि लगाएत सम्पूर्ण नेपाली संघ संस्थाहरू तथा बुद्धिजीवीहरूलाई वास्तविक पिडित पहिचान गरी पिडामा मलम लगाउने कार्यमा संलग्न रहन हार्दिक अनुरोध गर्दछु।” उनले थपे, “मध्यपूर्वमा रहेका कुवेत, बहराइन र ओमनमा समेत निकै पिडामा परेका चेलीबेटी तथा भाइ बहिनीहरू रहेका छन्, यो पहलले यो मुलुकलाई समेट्न नसके पनि यस क्षेत्रका वास्तविक पिडितिको तथ्यांक संकलन गरी आवश्यक पहल गर्ने छु र सहजिकरणको प्रतिबद्धता व्यक्त गर्दछु।”

यसै सहयोगलाई टिप्पणी गर्दै मध्यपूर्व सह संयोजक मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले यो आइसीसीले गरेको यो पहल निकै स्वागत योग्य रहेको बताउँदै तुलनात्मक हिसाबमा मध्यपूर्व मध्य यस क्षेत्रमा पिडित पिडितको संख्या अत्यधिक रहेको बताउँदै आगामी दिनमा आइसिसिले मध्यपूर्वका बाँकी कुवेत, बहराइन र ओमनमा समेत सम्बोधन गर्नु पर्ने बताए। त्यस्तै मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल जोनले यो सहयोगले आफ्नो कर्म भुमि साउदी लगाएत अत्यधिक पिडित नेपाली रहेको मूलुक युएई र कतारलाई समेत समेटेको प्रति खुशी व्यक्त गर्दै मध्यपूर्वका बहराइन, ओमन र कुवेतमा पनि पिडित नेपाली रहेको प्रसंग कोट्याउँदै भने अब यी बाँकी मूलुकलाइ पनि हामीले सम्बोधन गर्नु पर्छ।”

त्यस्तै कतारका सफल यूवा व्यवसायी तथा मध्यपूर्व यूवा संयोजक राज रेग्मीले एनआरएनए मध्यपूर्वका तिन मुलुक र मलेसियाको लागि गरेको यस सहयोगको स्वागत तथा उच्च प्रसंशा गर्दै यो सहयोगलाई मध्यपूर्वका कुवेत, बहराइन र ओमनमा पनि निरन्तरता हुनु पर्नेमा जोडदिदै भने, यो सहयोग निकै प्रसंशा योग्य र उच्च प्रसंशनीय छ। अब मध्यपूर्वका बाँकी तिन देशहरूको लागि पनि केहि पहल हुनु पर्छ।” मध्यपूर्वको समग्र हितको लागि भन्दै केहि हप्ता पहिला मध्यपूर्वका ६ वटै देशको लागि ३ हजार ६ सय अमेरिकन डलर सहयोग गरेका रेग्मीले भने, “अब थप ६ वटा मूलुकमा रहेका पिडितको लागि अभियान शुरु हुनु पर्छ, यूवाको क्षेत्रबाट मैले के कस्तो सहयोग गर्नु पर्छ म सदैव तयार छु।”

मध्यपूर्व संयोजक प्रविण गुरुङको विज्ञप्ति जस्ताको त्यस्तै:

गैर आवासीय नेपाली संघ का वीच ४ लाख २४ हजार ३ सय १० अर्थात नेपाली रुपैंया ५ करोड १० लाख अनुदान सम्झौता भएको प्रति म र मेरो मध्यपूर्व टिम निकै हर्षित रहेका छौं। एनआरएनको अभियान अन्तरगत इतिहासमै पहिलो पटक मध्यपूर्वका युएई, कतार र साउदी अरब साथै दक्षिण एशियाली मुलुक मलेशियाका लागि प्राप्त यस रकमले यस क्षेत्रका निकै पिडामा परेका नेपालीलाई मलम लगाउन सकिने छ भन्ने विश्वास लिएको छु।

कोरोना कहर संगै आएको विविध समस्याहरू संग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) वीच ४ लाख २४ हजार ३ सय १० अर्थात नेपाली रुपैंया ५ करोड १० लाख अनुदान सम्झौता भएको प्रति म र मेरो मध्यपूर्व टिम निकै हर्षित रहेका छौं। एनआरएनको अभियान अन्तरगत इतिहासमै पहिलो पटक मध्यपूर्वका युएई, कतार र साउदी अरब साथै दक्षिण एशियाली मुलुक मलेशियाका लागि प्राप्त यस रकमले यस क्षेत्रका निकै पिडामा परेका नेपालीलाई मलम लगाउन सकिने छ भन्ने विश्वास लिएको छु।

तस्वीर : मध्यपूर्व संयोजकको विज्ञप्तिबाट

यस एतिहासिक पहलको लागि संघका अध्यक्ष श्री कुमार पन्त ज्यूँ र वैदेशिक रोजगार विभाग र प्रस्ताव निर्माण समितिको प्रयास समितिमा रही अहोरात्र काम गर्ने समितिका संयोजक तथा संघका प्रथम उपाध्यक्ष डा बद्रि केसी ज्यूँ, संघका महासचिव डा. हेम राज शर्मा ज्यूँ, डा. परू श्रेष्ठ ज्यूँ र श्री एकनाथ खतिवडा ज्यूँ  प्रति हार्दिक आभार व्यक्त गर्दै मध्यपूर्वको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

संघले यस क्षेत्रमा रहेका नेपालीहरूको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कोरोना कहर कै कारण रोजगार गुमाउन बाध्य नेपालीहरूलाई परामर्श दिने तथा तत्काल नेपाल फर्किनेहरूका लागि समेत खर्च  गर्ने तयारी गरेकोमा संघका अध्यक्ष श्री कुमार पन्त ज्यूँ एवं सम्पूर्ण समिति प्रति हार्दिक कृतज्ञता सहित खुशी व्यक्त गर्दछु। यस क्षेत्रका कुटनितिक नियोग तथा एनसिसिको पूर्ण सक्रियतामा वास्तविक पिडित पहिचान गरि यो रकमलाई  सदुपयोग गर्दै राहत तथा उद्धार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु।  

गैर आवासीय नेपाली संघ प्रदेशमा रहेका नेपालीको एक सच्चा साथी रहेको र नेपालीका लागि नेपाली भन्ने शब्दावलीको पहरेदार भएको विश्वास दिलाउँदै यस क्षेत्रमा रहेका एनसिसि लगाएत सम्पूर्ण नेपाली संघ संस्थाहरू तथा बुद्धिजीवीहरूलाई वास्तविक पिडित पहिचान गरी पिडामा मलम लगाउने कार्यमा संलग्न रहन हार्दिक अनुरोध गर्दछु।

प्रविण गुरुङ
संयोजक
एनआरएनए मध्यपूर्व


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #tag

तपाईको प्रतिक्रिया दिनुहोस