गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पत्रकार महासंघ कतार शाखाको कार्यक्रम तयारी पूरा पत्रकार महासंघ कतार शाखाको कार्यक्रम तयारी पूरा दीप जङ्ग शाह जेठ २२, २०७६ गते १७:२२ मा प्रकाशित दोहा, नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गर्न लागेको साँस्कृतिक एवं प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको छ । बुधबार बसेको महासंघ कतारको आन्तरिक बैठक पछि संस्थाका अध्यक्ष करिम बक्सँ मियाँले उक्त जानकारी दिएका हुन् । मियाँका अनसार कलाकार द्वय उदय सोताङ र मनिला सोताङ तथा प्रशिक्षक विपुल पोख्रेल आगमी ११ जुनमा कतार आउनकालागि भिषा, टिकट, होटल लगाएत सम्पूर्ण तयारी समेत पूरा भएको छ ।शाखाले कतारमा सामाजिक गतिवीधि र समाजसँंग जोडिएका बिषयहरुमा अन्तरकृया तथा खबरदारि कार्यक्रमहरु गर्दै आईरहेको भएपनि विषेश प्रशिक्षण एवं साँगितिक कार्यक्रम भने पहिलो पटक गर्न लागेको हो । आगामी १४ जुनका दिन कतारको सनैया स्थीत अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा उपस्थीती भइ कार्यक्रमलाई भव्य रुपमा सफल पारिदिन शाखाले सबैलाई आग्रह गरेको छ ।फाइल फोटो: बरिष्ठ पत्रकार एवं प्रशिक्षक विपुल पोख्रेलउक्त दिन कार्यक्रम दुईभागमा विभाजन गरिएको छ । कार्यक्रमको पहिलो भागमा “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” राखिएको छ । स्थानीय समयअनुसार सोहि हलमा बिहान ठिक १० बजे देखि दिनको ३ बजेसम्म तालिम एवं प्रमाणपत्र वितरण हुनेछ । ३ बजे पछि लगतै सोहि हलमा “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६” सुरु हुनेछ । उक्त कार्यक्रममा उदयमनिला सोताङ युगल जोडिले कतारबासी नेपालीजनहरुलाई मिठा मिठा गितले भरपुर मनोरञ्जन दिलाउने छन् । साथै कार्यक्रमका लागी आयोजकले विभिन्न तहका टिकट पनि उपलब्ध गराएको छ, जसमा पारिवारिक तर्फ २०० बढीमा ३ जना , प्रथम तर्फ १००, मध्यम तर्फ ५० कतारी रियल शुल्क लाग्ने छ ।हाल सम्म उक्त कार्यक्रमलाई सफल पार्न दोहा वासी विभिन्न संघसस्थाँ, समाजसेवी एवं हरेक तह र तप्कामा रहेका नेपालीहरुबाट पनि सहयोग उपलब्ध भईरहेको छ । कार्यक्रमलाई नेपाली कला केन्द्र कतार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक बाचनालय कतारले सह–आयोजकको भुमिका निर्वाह गरिरहेको छन् ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप