गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पत्रकार महासंघ कतार शाखाको कार्यक्रम तयारी पूरा पत्रकार महासंघ कतार शाखाको कार्यक्रम तयारी पूरा दीप जङ्ग शाह जेठ २२, २०७६ गते १७:२२ मा प्रकाशित दोहा, नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गर्न लागेको साँस्कृतिक एवं प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको छ । बुधबार बसेको महासंघ कतारको आन्तरिक बैठक पछि संस्थाका अध्यक्ष करिम बक्सँ मियाँले उक्त जानकारी दिएका हुन् । मियाँका अनसार कलाकार द्वय उदय सोताङ र मनिला सोताङ तथा प्रशिक्षक विपुल पोख्रेल आगमी ११ जुनमा कतार आउनकालागि भिषा, टिकट, होटल लगाएत सम्पूर्ण तयारी समेत पूरा भएको छ ।शाखाले कतारमा सामाजिक गतिवीधि र समाजसँंग जोडिएका बिषयहरुमा अन्तरकृया तथा खबरदारि कार्यक्रमहरु गर्दै आईरहेको भएपनि विषेश प्रशिक्षण एवं साँगितिक कार्यक्रम भने पहिलो पटक गर्न लागेको हो । आगामी १४ जुनका दिन कतारको सनैया स्थीत अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा उपस्थीती भइ कार्यक्रमलाई भव्य रुपमा सफल पारिदिन शाखाले सबैलाई आग्रह गरेको छ ।फाइल फोटो: बरिष्ठ पत्रकार एवं प्रशिक्षक विपुल पोख्रेलउक्त दिन कार्यक्रम दुईभागमा विभाजन गरिएको छ । कार्यक्रमको पहिलो भागमा “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” राखिएको छ । स्थानीय समयअनुसार सोहि हलमा बिहान ठिक १० बजे देखि दिनको ३ बजेसम्म तालिम एवं प्रमाणपत्र वितरण हुनेछ । ३ बजे पछि लगतै सोहि हलमा “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६” सुरु हुनेछ । उक्त कार्यक्रममा उदयमनिला सोताङ युगल जोडिले कतारबासी नेपालीजनहरुलाई मिठा मिठा गितले भरपुर मनोरञ्जन दिलाउने छन् । साथै कार्यक्रमका लागी आयोजकले विभिन्न तहका टिकट पनि उपलब्ध गराएको छ, जसमा पारिवारिक तर्फ २०० बढीमा ३ जना , प्रथम तर्फ १००, मध्यम तर्फ ५० कतारी रियल शुल्क लाग्ने छ ।हाल सम्म उक्त कार्यक्रमलाई सफल पार्न दोहा वासी विभिन्न संघसस्थाँ, समाजसेवी एवं हरेक तह र तप्कामा रहेका नेपालीहरुबाट पनि सहयोग उपलब्ध भईरहेको छ । कार्यक्रमलाई नेपाली कला केन्द्र कतार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक बाचनालय कतारले सह–आयोजकको भुमिका निर्वाह गरिरहेको छन् ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट