कोरोना कहर: महिलाले नेतृत्व गरेका मुलुकले कोभिड१९ संग जुझ्न कसरी राम्रा उपाय अपनाए
एजेन्सी – न्यूजील्यान्डदेखि जर्मनीसम्म, ताइवान होस् वा नर्वे, महिलाहरूले नेतृत्व गरेका केही देशमा कोभिड-१९ का कारण मृत्यु हुने मानिसहरूको सङख्या तुलनात्मक रूपमा कम देखिन्छ।
ती राजनीतिज्ञले देखाएको व्यवहार र विश्वव्यापी स्वास्थ्य सङ्कटका बेला उनीहरूले अपनाएको उपायहरूको सञ्चारमाध्यमले प्रशंसा गरेका छन्। फोर्ब्स पत्रिकामा हालै छापिएको एउटा लेखमा उनीहरूलाई ‘सही नेतृत्वको उदाहरण’ भनिएको छ।
फोर्ब्समा लेखिएको छ, “मानव परिवारका लागि अस्तव्यस्त बनेर देखापरेको विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने देखाउन महिलाहरू अगाडि बढिरहेका छन्।”
टिप्पणीकारहरूका अनुसार कोभिड-१९ को परीक्षा असाध्यै राम्ररी पास गर्नेहरूमा मुख्यत: महिलाहरू छन्- जबकि विश्वका राष्ट्रप्रमुखमा सात प्रतिशत मात्रै महिला छन्।
तत्काल कदम
आइसल्यान्डकी प्रधानमन्त्री कातरिन याकोबस्तोतिरले आफ्नो देशमा ठूलो सङ्ख्यामा परीक्षण गराएकी छन्।
आइसल्यान्डको जनसङ्ख्या ३,६०,००० छ। त्यहाँ कोभिड-१९ को पहिलो बिरामी पनि नभेटिँदै ज्यानुअरीको अन्त्यतिर नै २० जनाभन्दा बढी मानिसलाई भेला हुनमा प्रतिबन्ध लगाइएको थियो। कोभिड-१९ का कारण त्यहाँ १० जनाको मृत्यु भएको छ।
औपचारिक रूपमा चिनियाँ भूभाग ताइवानमा राष्ट्रपति साइ इङ-वनले तत्काल प्रकोप नियन्त्रण केन्द्र स्थापना गरिन् र भाइरस सङ्क्रमण नियन्त्रण गर्न खोजी कार्य तीव्र बनाइन्।
ताइवानले अनुहारमा लगाउने मास्कजस्ता व्यक्तिगत सुरक्षा सामग्रीको उत्पादन पनि बढायो। दुई करोड ४० लाख जनसङ्ख्या भएको ताइवानमा छ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।
न्यूजील्यान्डमा प्रधानमन्त्री जसिन्डा आर्डनले कोभिड-१९ सन्दर्भमा विश्वकै कडा अडान लिएकी छन्। अरू मुलुकहरूले ग्राफ उचाइमा नपुर्याउने उपाय अनाए पनि उनले सङ्क्रमण नै हुन नदिने उपायमा जोड दिएकी छन्
मुलुकमा छ जनाको ज्यान जाने बित्तिकै लकडाउन गरियो र अहिलेसम्म त्यहाँ १९ जनाको ज्यान गएको छ। यी मुलुकहरूमा महिला नेतृत्व मात्र साझा कुरा होइन। यी मुलुकहरूले महामारी नियन्त्रण गर्न अपनाएका कतिपय उपाय पनि मिल्दाजुल्दा छन्।
यी मुलुकहरूमा समाजकल्याणकारी प्रणाली विद्यमान छ र सामाजिक विकासका सबैजसो सूचकाङ्कमा उनीहरू माथि छन्।
उनीहरूसँग सङ्कटकालसँग जुझ्न सक्ने बलियो स्वास्थ्य सेवा प्रणाली छ। त्यसो भए यी नेताहरू केन्द्रित कुरा हो कि- मुलुकहरूमा महिला नेता हुँदा के होला?
‘यो विविधताको कुरा हो’
पर्यवेक्षकहरू भन्छन्, ती निर्वाचित महिलाहरूले कसरी राजनीति गर्छन् त्यसले भूमिका खेल्ने गर्छ।
यूएन फाउन्डेशनकी सदस्य तथा थ्रीडी प्रोग्राम फर गर्ल्स एन्ड विमिनमा कार्यकारी निर्देशक डा. गीता राव गुप्ता भन्छिन्, “महिलाहरू पुरुषहरूभन्दा फरक शैलीको नेतृत्व गर्छन् भन्ने त मलाई लाग्दैन। तर महिला नेतृत्वमा पुगेपछि निर्णय गर्ने बेलामा विविधता आउँछ।”
श्रोत : बिबिसी
क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस