गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिकी राष्ट्रपतिको दौडमा रहेका जो बाइडनद्वारा यौन दुर्व्यवहारको आरोप अस्वीकार अमेरिकी राष्ट्रपतिको दौडमा रहेका जो बाइडनद्वारा यौन दुर्व्यवहारको आरोप अस्वीकार एजेन्सी वैशाख २०, २०७७ गते ८:५९ मा प्रकाशित एजेन्सी – राष्ट्रपतिको दौडमा रहेका अमेरिकी डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफूमाथि एक पूर्व स्टाफ तारा रिडले लगाएको यौन दुर्व्यवहारको आरोपलाई अस्वीकार गरेका छन्।ताराले केही समय अगाडि झन्डै ३० वर्ष अघि बाइडनले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।‘म स्पष्ट रुपमा भन्छु, यस्तो कहिले पनि भएन,’ पूर्व उपराष्ट्रपति बाइडनले शुक्रबार एक अमेरिकी टेलिभिजन च्यानल एमएसएनबिसीलाई दिएको अन्तर्वार्तामा भने, ‘जे भनियो, त्यस्तो केही भएको थिएन।’बाइडनले सिनेटमा आफूविरुद्ध सो समयमा ताराले कुनै पनि उजुरी दिएको भए त्यसको अभिलेख खोज्न भनेका छन्। ताराले गत महिना पुलिसमा बाइडनविरुद्ध उजुरी गरेकी थिइन्।उजुरीमा उनले बाइडनको नाम नलिइ आफू यौन शोषणको सिकार भएको उल्लेख गरेकी छन्। उनले उजुरी दिने समय सकिएको भएपनि ‘सुरक्षाका कारण’मात्र प्रहरीमा उजुरी गरेको उल्लेख गरेकी छन्।बाइडनले ताराको मनसायबारे केही प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। ‘उनलाई अगाडि आएर चाहेको कुरा भन्न सक्ने अधिकार छ। तर मलाई पनि तथ्यलाई हेर्नुस् भन्ने अधिकार छ’, उनले भने।बाइडन रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको विरूद्धमा आउँदो नोभेम्बर ३ मा हुने चुनावमा उत्रिने तयारीमा छन्। बाइडनलाई तारा लगायत अन्य २५ महिलाले यौन दुराचार गरेको आरोप लगाएका छन्।अन्तर्वार्ता लगत्तै बाइडनले अमेरिकी सिनेटका सचिवलाई ताराको गुनासोका बारेमा सम्बोधन गर्न कुनै पनि रेकर्ड फाइलहरु भए जाँच गर्न आग्रह गर्दै पत्र लेखेका छन्।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप