Techie IT
×
गृहपृष्ठग्लोबलकोरोनाका कारण बालबालिकामा फैलिरहेछ दुर्लभ तथा खतरनाक रोगः हालसम्मका ठूला अपडेट्स

कोरोनाका कारण बालबालिकामा फैलिरहेछ दुर्लभ तथा खतरनाक रोगः हालसम्मका ठूला अपडेट्स


एजेन्सी – युरोपदेखि अमेरिकाका थुप्रै डाक्टरले बालबालिकामा एक दुर्लभ सिन्ड्रोम देखिएको बारे कुराकानी गरिरहेका छन् ।

हालसम्म यस्ता सय घटना सार्वजनिक भइसकेका छन् ।

यो एक दुर्लभ तथा खतरनाक रोग हो र कोरोनाभाइरसका कारण यस्तो भएको डाक्टरले विश्वास गरेका छन् ।

यो सिन्ड्रोमले बालबालिकाको शरीरमा रगत पुर्याउने रक्त धमनी सुन्निने गर्छ ।

हालसम्म कम्तीमा ६ देश – ब्रिटेन, अमेरिका, फ्रान्स, इटली, स्पेन र स्विटजरल्याण्डमा लगभग यस्ता १० घटना देखिएका छन् ।

रेमडेसिवियर औषधीमा चीन र अमेरिकाको मत अलगः

कोरोनाभाइरसको उपचारमा महत्वपूर्ण मानिएको रेमडेसिवियर औषधीमाथि चीन र अमेरिकाको धारणा बाझिएको देख्न सकिन्छ ।

अमेरिकाको एलर्जी तथा संक्रामका रोगको राष्ट्रिय संस्थानका प्रमुख डा. एन्थोनी फाउचीले कोभिड–१९ सँग जुधिरहेका बिरामीलाई एन्टीभाइरल औषधी रेमडेसिवियर दिँदा एक स्पष्ट प्रभाव देखिएको छ । यस्तै, चिनियाँ विशेषज्ञका अनुसार यो औषधीको प्रयोगले कुनै प्रकारको ‘उल्लेखनीय चिकित्सकीय लाभ’ देखिएको छैन ।

ब्रिटेनले जारी गर्यो नयाँ आँकडाः

ब्रिटेनले कोरोनाभाइरससँग जोडिएको नयाँ आँकडालाई जनतासामू सार्वजनिक गरेको छ । तर यसपटक कोरोनाभाइरसका कारण अस्पताल बाहिर भएको मृत्यु पनि समावेश गरिएको छ । यो हिसाबले ब्रिटोमा हालसम्म २६ हजार १ सय ६६ भन्दा बढीको मृत्यु भइसकेको छ जुन इटली र स्पेनभन्दा पनि बढी हो ।

संसारभरी मृतकको संख्या २ लाख २५ हजार पारः

जोन होपकिन्स युनिर्भिटीका अनुसार संसारभरी कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख २५ हजारभन्दा बढी भइसकेको छ । यसका साथै संसारभरी कम्तीमा ३१ लाख कोरोनाभाइरसद्वारा संक्रमित भइसकेका छन् ।

अमेरिकामा थपिनेछैन सामाजिक दुरीको नियमः

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको सरकारले बिहिबार समाप्त हुँदै गरेको सामाजिक दुरीको दिशानिर्देशलाई अघि नबढाउने बताएका छन् ।

यसैबीच अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ६० हजार पार भइसकेको छ । कोरोनाका कारण संसारभरीकै सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा छ ।

डेढ अर्ब रोजगारमा संकटः

अन्तर्राष्ट्रिय श्रम संगठनले संसारभरी डेढ अर्बभन्दा बढी व्यक्तिमाथि उनीहरुको जिविकोपार्जनको माध्यम नष्ट हुने खतरा निम्तिएको बताएको छ ।

ब्राजिलमा ७८ हजार संक्रमितः

ब्राजिलमा पछिल्लो २४ घण्टामा ६ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या ७८ हजार पार भइसकेको छ ।

आयरल्याण्डमा थपिन सक्छ लकडाउनः

आयरल्याण्डमा पाँच मेमा समाप्त हुने लकडाउनलाई थप बढाइने सम्भावना बढेको छ ।

आयरल्याण्डका प्रधानमन्त्री लिओ वरडकरले संक्रमितको संख्यामा वृद्धि भइरहेकोले लकडाउनको नियमलाई खुकुलो बनाउनु उचित नभएको बताएका छन् ।

स्विटजरल्याण्डमा अगस्टसम्म जारी रहनेछ प्रतिबन्धः

स्विटजरल्याण्डको सरकारले सार्वजनिक आयोजनामाथिको प्रतिबन्ध बढाएको छ । अब यो प्रतिबन्धको सीमालाई बढाएर अगस्टसम्म सारिएको छ ।

यद्यपि, सरकारले खेलकुदसँग जोडिएको प्रतियोगिता, पसल, रेष्टुरेन्ट र संग्रहालय खोल्ने अनुमती दिएको छ ।

स्विडेनमा २० हजार बढी संक्रमितः

स्विडेनमा हालसम्म कोरोना भाइरसद्वारा संक्रमित हुनेको संख्या २० हजार पार भइसकेको छ ।

यमनसम्म पुग्यो कोरोनाभाइरसः

युद्धग्रस्त देश यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले दक्षिणी यमनको एडेन इलाकामा कोरोनाभाइरस संक्रमणका पाँच नयाँ संक्रमित भेटिएका छन् । जसका कारण यमनमा कोरोनाभाइरस फैलने आशंका बढेको छ ।

चीनमा २२ मेदेखि सुरु हुनेछ वार्षिक बैठकः

चीनमा आगामी २२ मेदेखि संसदको वार्षिक बैठक सुरु हुनेछ जसलाई दुई महिना अघि आयोजना गर्नुपर्दथ्यो ।

यो निर्णय लिने व्यक्तिमा समावेश एक व्यक्तिले भने, ‘कोरोनाभाइरसका बेला जुन स्थितीमा बैठक बस्न सकिन्थ्यो, तयो समय अब आइसकेको छ ।’

रुसमा संक्रमितको संख्या एक लाख नजिकः

रुसमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख नजिक पुगेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार ५ हजार ८ सय ४१ नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितका कूल संख्या ९९ हजार ३ सय ९९ पुगेको छ ।

ब्रिटेनमा एन्टी बडी टेस्टको खोजी जारीः

बेलायती मन्त्री जर्ज इस्टाइसले बेलायती सरकार बिहिबार पनि प्रतिदिन एक लाख परीक्षण गर्ने लक्ष्यमा डटिरहेको जानकारी दिएका छन् ।

उनले एक प्रभावशाली एन्टीबडीको खोजी जारी भएको र केयर होम्समा पहिले परीक्षण गरेको भए थुप्रै जीवनलाई बचाउन सकिन्थ्यो भन्ने आरोपको खण्डन गरेका छन् ।

शिन्जो आबेको ओलम्पिक खेलमाथि अपिलः

जापानी प्रधानमन्त्री शिन्जो आबेले सन् २०२१ मा ओलम्पिक खेल सुरु हुनु अघि कोरोनाभाइरस नियन्त्रणमा ल्याउन आवश्यक भएको बताएका छन् ।

उनले भने, ‘ओलम्पिक खेल यस्तो तरिकाले आयोजना गर्नु पर्छ जसमार्फत् यस्तो देखियोस् कि कोरोनाभाइरसविरुद्धको युद्ध जितिएको होस् ।’

बेलायतमा हवाई यात्रा ९९ प्रतिशत कम भयोः

बेलायती गृहमन्त्री प्रीति पटेलले बेलायती सांसदलाई ब्रिटेनमा हवाई यात्रा गर्नेको संख्या ९९ प्रतिशतको गिरावट आएको बताएकी छिन् । गत शुक्रबार कूल ९ हजार ९ सय ६ जना ब्रिटेन पुगेका थिए ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस