गृहपृष्ठ ∕ ग्लोबल ∕ फिलिपिन्समा लक डाउनको उल्लंघन गरे डुटर्टेको गोली हान्न आदेश फिलिपिन्समा लक डाउनको उल्लंघन गरे डुटर्टेको गोली हान्न आदेश एजेन्सी चैत्र २०, २०७६ गते १४:२१ मा प्रकाशित एजेन्सी – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लक डाउनको उल्लंघन गरे गोली हान्न आदेश दिएका छन्।बुधबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसका कारण जारी गरिएको लक डाउनको उल्लंघन गर्नेलाई गोली हान्न सेना र प्रहरीले आदेश दिएका हुन्।‘स्थिति झन् नराम्रो हुँदै गएको छ। त्यसैले फेरि एकपटक म यो समस्याको गम्भीरताबारे बताउँदैछु र तपाईंहरूले सुन्न पर्छ,’ उनले भने,’प्रहरी र सेनालाई मेरो आदेश छ । यदि त्यहाँ समस्या छ र कुनै मान्छे झगडा गर्न आए तपाईंहरूको ज्यानलाई खतरा हुन्छ भने, उनीहरूलाई मर्ने गरी गोली हान्नु।’ त्यस्तै स्वास्थ्य अधिकारीहरूलाई गरिने दुर्व्यवहार अपराध रहेको र सहन नसकिने बताएका थिए।फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ९६ जनाको मृत्यु भइसकेको छ भने २३११ जनामा संक्रमण पुष्टि भएको छ गत तीन हप्तामा दैनिकजसो सयौं नयाँ बिरामीहरू भेटिन थालेका थिए।बुधबार मनिलाको एक बस्तीबाट कयौं नागरिक पक्राउ परेका थिए। त्यहाँका बासिन्दाहरू खाना नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए।उनीहरूको आन्दोलनले लकडाउनमा समस्या आएको भन्दै राष्ट्रपतिले गोली हान्न आदेश दिएका हुन्। उनले त्यसरी गोली लागेर मरेका मानिसलाई आफू गाड्न तयार रहेको पनि बताएका छन्।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक…विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घननेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ३विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी