गृहपृष्ठ ∕ ग्लोबल ∕ फिलिपिन्समा लक डाउनको उल्लंघन गरे डुटर्टेको गोली हान्न आदेश फिलिपिन्समा लक डाउनको उल्लंघन गरे डुटर्टेको गोली हान्न आदेश एजेन्सी चैत्र २०, २०७६ गते १४:२१ मा प्रकाशित एजेन्सी – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लक डाउनको उल्लंघन गरे गोली हान्न आदेश दिएका छन्।बुधबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसका कारण जारी गरिएको लक डाउनको उल्लंघन गर्नेलाई गोली हान्न सेना र प्रहरीले आदेश दिएका हुन्।‘स्थिति झन् नराम्रो हुँदै गएको छ। त्यसैले फेरि एकपटक म यो समस्याको गम्भीरताबारे बताउँदैछु र तपाईंहरूले सुन्न पर्छ,’ उनले भने,’प्रहरी र सेनालाई मेरो आदेश छ । यदि त्यहाँ समस्या छ र कुनै मान्छे झगडा गर्न आए तपाईंहरूको ज्यानलाई खतरा हुन्छ भने, उनीहरूलाई मर्ने गरी गोली हान्नु।’ त्यस्तै स्वास्थ्य अधिकारीहरूलाई गरिने दुर्व्यवहार अपराध रहेको र सहन नसकिने बताएका थिए।फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ९६ जनाको मृत्यु भइसकेको छ भने २३११ जनामा संक्रमण पुष्टि भएको छ गत तीन हप्तामा दैनिकजसो सयौं नयाँ बिरामीहरू भेटिन थालेका थिए।बुधबार मनिलाको एक बस्तीबाट कयौं नागरिक पक्राउ परेका थिए। त्यहाँका बासिन्दाहरू खाना नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए।उनीहरूको आन्दोलनले लकडाउनमा समस्या आएको भन्दै राष्ट्रपतिले गोली हान्न आदेश दिएका हुन्। उनले त्यसरी गोली लागेर मरेका मानिसलाई आफू गाड्न तयार रहेको पनि बताएका छन्।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल