Techie IT
×
गृहपृष्ठग्लोबलब्लड क्यान्सर पिडित गुरुङ्गलाई नेपाली व्यवसायी संघको १५ लाख बराबरको सहयोग, थप सययोगको याचना

ब्लड क्यान्सर पिडित गुरुङ्गलाई नेपाली व्यवसायी संघको १५ लाख बराबरको सहयोग, थप सययोगको याचना


दोहा – ब्लड क्यान्सरबाट पिडित रहेका कतारका पुराना व्यवसायी एवं समाजसेवि प्रकाश गुरुङ्गलाई नेपाली व्यवसायी संघ कतारले १५ लाख नेपाली रुपैयाँ बराबरको सहयोग गरेको छ ।

कतारमा रहेका नेपाली व्यवसायीहरुलाई एकताको शुत्रमा बाधेर मर्यादित र सफल व्यवसायी बनाउने उदेश्यले स्थापित नेपाली व्यवसायी संघ कतारको पहलमा लामो ससय देखि कतारको हमाद हस्पिटलमा ब्लड क्यान्सरको उपचार गराई रहेका गुरुङ्गलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

ताराखोला गाउँपालिका अमरभुमि भुषखेत, बाग्लुङ्गका गुरुङ्ग सन् १९९६ देखि कतारमा व्यवसाय सन्चालन गर्दै आएका थिए । पछिल्लो समयमा विविध समस्याले व्यवसाय धरासायी भएको र अझै त्यसमाथि ब्लड क्यान्सर जस्तो जटिल रोगले च्यापेको हुँदा उनी विगत ३ महिना देखि उपचार गराई रहेका छन् । हाल उनको पारिवारीक सदस्य यहाँ कोही नभएको र सकेको छिटो स्वदेश फिर्ता भई बाँकि समय परिवारसंग विताउन चाहान्छन तर उनलाई आर्थिक र कानुनी जटिलताले निकै ठूलो उल्झनमा रहेका छन् ।

कतारी रियाल ४८ हजार १ सय ७६ अर्थात यो समाचार तयार पार्दा सम्मको विनिमय दरका आधारमा १५ लाख ८३ हजार ५ सय ४५ रुपैयाँ हस्तातरण गरे लगतै दीप सञ्चार मिडिया संग बोल्दै संघका अध्यक्ष महेन्द्र चौलागाईले गुरुङ्गलाई एक व्यवसायी भएकाले मात्र नभई धेरै वटा समस्याले एकै पटक अल्झिएको हुँदा र तत्काल नेपाल गई परिवारसंग भेट हुन समेत असहज भएको हँुदा सहयोग गरेको बताए । चौचागाईले भने, ‘अवस्था निकै चिन्ताजनक छ, यतिबेला उहाँलाई मनोबलको पनि निकै खाँचो रहेको महसुस गरेर त्यस प्रकारको सहकार्य गर्ने कोशिस गरेका हौं ।’

ब्लड क्यान्सर जस्तो भयानक रोगले लामो समयदेखि ग्रसित रहेका गुरुङ्गलाई उपचारका लागि जत्ति समस्या परिरहेको थियो, त्यतिनै असहज उनलाई नेपाल जानका लागि कानुनि जटिलता रहेको संघका महासचिव रमेश भट्टले बताएका छन् । भट्टले भने ‘हामिले उपचारको लाग्ने खर्च मात्र नभई कानुनी जटिलतालाई पनि सहजिकरण गर्ने कोशिसमा थियौं, जुन लगभग पूरा भएको छ ।’

संघका सल्लाहकार एवं गैर आवासीय नेपाली संघ(एनआरएनए)का मध्यपूर्व संयोजक प्रविण गुरुङ्गले आशन ग्रहण र खादाले सम्मान लिदै ठूला भाषणले मात्र समाज सेवा हुँन नसक्ने बताउदै भने, ‘प्रकाश दाई हाम्रो अभिभावक र व्यवसायी मात्र होईन, रोग, कानुनी जटिलता र पारिवारीक समस्याले बल्झिएका एक नेपाली हो, उहाँलाई सहयोग गर्नु हामी सबैको कर्तव्य पनि हो ।’ सल्लाहकार गुरुङ्गले थपे, ‘हरी पुनले प्रकाश दाईको वारेसनामा लिएर रातदिन खटिनु भएको छ, एनसीसी कतारका उपाध्यक्ष उत्तम गुरुङ्ग व्यक्तिगत रुपमा सहयोग संकलन गरिहनु भएको छ, गोर्खा होटल, रोयल नेपाली होटल, मण्डला नेपाली होटल लगाएतका व्यवसायीहरुले पनि सहयोग गर्नु भएको छ । यसैगरी सबैले हातेमालो गरी यो जटिलतालाई टार्ने प्रयाग गरेका छौं ।’

संघका उपाध्यक्ष एवं एनआरएनएका मध्यपूर्व यूवा संयोजक राज रेग्मीले यो सहयोग गर्नु हाहि सबैको दायित्व पनि भएको बताउँदै भने, ‘पहिले उहाँलाई कानुनी जटिलता मात्र थियो, व्यवसाय गर्ने क्रममा यस्ता समस्या आउने गर्छन, तर अहिले उहाँको स्वास्थ्य अवस्था पनि निकै जटिल देखिएकोले सयोगको लागि सबै एकजुट भएका हौं ।’

संघको अग्रसरतामा उक्त रकम संघका अधिकांश सदस्य तथा विभिन्न सामाजिक संस्थाहरुबाट उठाईएको थियो । यसरी सहयोग गर्ने संस्थाहरुमा गण्डकी प्रदेशको तर्फबाट बाग्लुङ्ग सेवा समाज कतारले ३ हजार ६ सय ५० कतारी रियाल, तमु गरुङ्ग समाज कतारले ४ हजार कतारी रियाल, तेलु समाज कतार ५ सय कतारी रियाल सहयोग गरेका छन् । सयोग को याचाना सबै संग गरिएको भए पनि अझै अपेक्षा अनुसारको सहयोग आउन सकेको छैन । गरुङ्गलाई अझै कम्तिमा २५ हजार कतारी रियाल आव्यस्यक रहेको संघले जनाएको छ । यसका लागि सकेको छिनो सयोगको लागि कतारमा रहेका बुद्दिजिवि, समाजसेवि, व्यवसायी एवं सम्पूर्ण मनकारी नेपाली समुदायमा संघले आग्रह गरेको छ ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस