Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलयुएईका नेपालीलाई संयमित हुन राजदूत ढकालकाे अनुरोध

युएईका नेपालीलाई संयमित हुन राजदूत ढकालकाे अनुरोध


युएई – कोरोना भाईरसका कारण युएई सरकारले नेपालिहरुलाई सामुहिक रूपमा नेपाल फर्काउदै भन्ने समाचार केही अनलाईनमा प्रकासित भए पश्चात नेपाली दुतावसले शनिवार एक प्रेस विज्ञप्ती सार्बजनिक गर्दै समाचारको खण्डन गरेको छ ।
अन्य खाडी मुलुकको तुलनामा युएइमा कोरोना भाइरसको प्रभाव कम देखिएको बताउदौ कोरोना भाइरसको फैलावटका कारण चिन्तित रहेका नेपालीहरुलाई महामहिम राजदूत कृष्णप्रसाद ढकालले संयमित हुन अनुरोध गरेका छन् ।
राजदुत ढकालले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि  युएइ सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय रहेको प्रष्ट पार्दै युएइ सरकारले जारी गरेका सूचना अनुरूप आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनहुन, भीडभाडबाट सकेसम्म टाढै बस्नहुन र स्वस्थ आहारविहारमा जोड दिएकाछन ।
अहिलेसम्म युएईमा कोरोनाबाट संक्रमितहरुको उपचार पनि उच्चस्तरीय, गुणस्तरीय र प्रभावकारी रूपमा भइरहेको बताउँदै राजदूत ढकालले वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका सबै नेपालीहरुलाई जहाँ भए पनि उच्च मनोबलका साथ रहन र यससम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएइ सरकारका सम्बन्धित निकायहरू र नेपाली राजदूतावास, अबुधाबीमा सम्पर्क राख्न पनि राजदूत ढकालले अनुरोध गरेका छन्।

क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस