गृहपृष्ठ ∕ ग्लोबल ∕ थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला दीप संञ्चार फागुन १०, २०७६ गते ०:५९ मा प्रकाशित एजेन्सी – सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ । अदालतको शुक्रबारको फैसलामा विघटित पार्टीका मुख्य नेताहरुलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ । फ्युचर फरवार्ड पार्टी (एफएफपी)लाई अदालतले विघटन गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।सन् २०१४ मा भएको ‘कु’ पछिको पहिलो निर्वाचनमा सो पार्टी तेस्रो ठूलो पार्टी भएको थियो । सो पार्टीको नेतृत्व देशका धनाड्य मानिने थानाथोर्न जुआनग्रुन्ग्रुआङकितले गरेका थिए । एफएफपीले थाइल्याण्डमा पूर्ण लोकतन्त्रको माग गर्र्दै आन्दोलन गरिरहेको छ । उनीहरुले सेनालाई राजनीति र व्यापारबाट अलग बनाउनु पर्ने माग पनि गरेका छन् । यो पार्टीले ६३ हजार भोट प्राप्त गरेको थियो भने शक्तिशाली मानिएको परम्परागत सेनाका विरुद्धमा छ ।निर्वाचनबाट विजयी भएका यस पार्टीका ७६ जना सांसदहरुलाई पनि थाइल्याण्डको अदालतमा अनेक मुद्दा लगाइएको छ । अदालतको फैसलालाई एफएफपीका नेताहरुले भने अस्वीकार गरेका छन् । उनीहरुले अदालतले गलत फैसला गरेको टिप्पणी गरेका छन् । पार्टीका नेता थानाथोर्नले अदालतको फैसलाबाट बिचलित नहुन र आफ्नो सपनाको यात्रालाई नरोक्न आह्वान गरेका छन् । थाईल्याण्डको अदालतमा उनी र उनको पार्टीका विरुद्धमा २९ ओटा मुद्दा रहेको समाचारमा जनाइएको छ ।‘आजको दिन थाईल्याण्डका लागि सवैभन्दा अध्याँरो र कालो दिन हो, यो अध्याँरोबाट देशलाई मुक्त नगर्दासम्म मैले विश्राम लिनेछैन, त्यो दिनको प्रतिक्षा गर्दै संघर्ष गरौँ,’ उनले भने । पुरानो पार्टी विघटन भएपनि नयाँ पार्टी बनाउने र त्यसैले थाई नागरिकको प्रजातान्त्रिक अधिकारको लडाई लड्ने घोषणापनि उनले गरेका छन् । क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोगकतार रहेका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु (फोटो फिचर…कतारमा प्लास्टिक झोलाको प्रयोगमा रोकसंसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट महानगरबासीका ‘बाहुबली’ यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ? बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग युक्रेनको मारिओपोल सहरमा २०० शव फेला कतार रहेका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु (फोटो फिचर सहित) कतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने