गृहपृष्ठ ∕ ग्लोबल ∕ थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला दीप संञ्चार फागुन १०, २०७६ गते ०:५९ मा प्रकाशित एजेन्सी – सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ । अदालतको शुक्रबारको फैसलामा विघटित पार्टीका मुख्य नेताहरुलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ । फ्युचर फरवार्ड पार्टी (एफएफपी)लाई अदालतले विघटन गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।सन् २०१४ मा भएको ‘कु’ पछिको पहिलो निर्वाचनमा सो पार्टी तेस्रो ठूलो पार्टी भएको थियो । सो पार्टीको नेतृत्व देशका धनाड्य मानिने थानाथोर्न जुआनग्रुन्ग्रुआङकितले गरेका थिए । एफएफपीले थाइल्याण्डमा पूर्ण लोकतन्त्रको माग गर्र्दै आन्दोलन गरिरहेको छ । उनीहरुले सेनालाई राजनीति र व्यापारबाट अलग बनाउनु पर्ने माग पनि गरेका छन् । यो पार्टीले ६३ हजार भोट प्राप्त गरेको थियो भने शक्तिशाली मानिएको परम्परागत सेनाका विरुद्धमा छ ।निर्वाचनबाट विजयी भएका यस पार्टीका ७६ जना सांसदहरुलाई पनि थाइल्याण्डको अदालतमा अनेक मुद्दा लगाइएको छ । अदालतको फैसलालाई एफएफपीका नेताहरुले भने अस्वीकार गरेका छन् । उनीहरुले अदालतले गलत फैसला गरेको टिप्पणी गरेका छन् । पार्टीका नेता थानाथोर्नले अदालतको फैसलाबाट बिचलित नहुन र आफ्नो सपनाको यात्रालाई नरोक्न आह्वान गरेका छन् । थाईल्याण्डको अदालतमा उनी र उनको पार्टीका विरुद्धमा २९ ओटा मुद्दा रहेको समाचारमा जनाइएको छ ।‘आजको दिन थाईल्याण्डका लागि सवैभन्दा अध्याँरो र कालो दिन हो, यो अध्याँरोबाट देशलाई मुक्त नगर्दासम्म मैले विश्राम लिनेछैन, त्यो दिनको प्रतिक्षा गर्दै संघर्ष गरौँ,’ उनले भने । पुरानो पार्टी विघटन भएपनि नयाँ पार्टी बनाउने र त्यसैले थाई नागरिकको प्रजातान्त्रिक अधिकारको लडाई लड्ने घोषणापनि उनले गरेका छन् । क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति