गृहपृष्ठ ∕ ग्लोबल ∕ मोदि मन त पर्छ, भारतले हामिसंग राम्रो व्यवहार गरेन : डोनाल्ड ट्रम्प मोदि मन त पर्छ, भारतले हामिसंग राम्रो व्यवहार गरेन : डोनाल्ड ट्रम्प दीप संञ्चार फागुन ७, २०७६ गते १२:४६ मा प्रकाशित एजेन्सी – अर्को हप्ता भारत यात्रामा जान लागेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतसँग ठूलो व्यापार सम्झौता भविष्यमा कुनै पनि बेला गर्ने बताएका छन् । उक्त सम्झौता यस वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनाव अघि हुने–नहुने भन्ने कुरामा आफू अनभिज्ञ रहेको उनले बताएका छन् ।वासिङ्टनमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने, ‘हामीले भारतसँग व्यापार सम्झौता गर्ने सम्भावना छ । तर मैले यो ठूलो सम्झौतालाई भविष्यका लागि सुरक्षित राखेको छु । हामी भारतसँग एउटा ठूलो सम्झौता त गर्ने छौं तर यो नोभेम्बरको चुनाव अघि हुने नहुने कुरामा भने निश्चित छैनौं ।’समाचार एजेनसी पीटीआईले आफ्नो एक रिपोर्टमा ट्रम्पको यात्राको क्रममा भारत र अमेरिकाको एक ट्रेड प्याकेजमा हस्ताक्षर हुनसक्ने सम्भावना व्यक्त गरेको छ ।ट्रम्पले पत्रकारसँगको कुराकानीमा आफू भारत भ्रमणका लागि उत्साहित भएको बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ, उनले मलाई एयरपोर्ट र कार्यक्रमबीच सत्तरी लाख जनता हुने बताएका छन् । अहिले बनिरहेको उक्त स्टेडिम संसारकै ठूलो स्टेडियम भएको मलाई थाहा छ । उनले मलाई एयरपोर्ट र स्टेडियमबीच सत्तरी लाख मानिस हुने बताएका छन्, त्यो निकै रोमाञ्चक हुनेछ ।’अमेरिका र भारतको व्यापार सम्बन्ध आजकाल त्यति राम्रो छैन । राष्ट्रपति ट्रम्पले मोदीको तारिफ त गरे तर भारतसँग व्यापार सम्बन्धको विषयमा आफ्नो असन्तुष्टि पनि व्यक्त गरे ।उनले भने, ‘भारतले हामीसँग राम्रो व्यवहार गरेन । मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ ।’अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प २४ र २५ फेब्रुअरीमा दुई दिवसीय भारत भ्रमणमा हुनेछन् । उक्त भ्रमणका बेला दुई देशबीच व्यापार सम्झौता हुने कयास लगाइए पनि ट्रम्पले भने सम्भावित सम्झौताका लागि केही समय लाग्न सक्ने बताएका छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक…विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घननेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी