गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ राज्यमन्त्री दुगड र यूएईका उर्जा तथा उद्योग मन्त्रीबीच भेटवार्ता, नेपालमा लगानिको लागि आव्हान राज्यमन्त्री दुगड र यूएईका उर्जा तथा उद्योग मन्त्रीबीच भेटवार्ता, नेपालमा लगानिको लागि आव्हान दीप संञ्चार फागुन ६, २०७६ गते २१:२० मा प्रकाशित सुर्य खवासयुएई – नेपाल सरकारका उद्योग, वाण्ज्यि तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र यूएईका उर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अल मजररुइबीच भेटवार्ता भएकाे युएईकालागी नेपाली राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।यूएइको उर्जा तथा उद्योग मन्त्रालयमा भएको भेटघाटको अवसरमा द्विपक्षीय सम्बन्धका विविध पक्षहरुको चर्चा गर्दै दुई मुलुकहरुले जलविद्युत, नविकरणिय उर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा छलफल गर्नुभएको थियो । माननीय राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत, उर्जा लगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउदै युएई सरकार र निजि क्षेत्रलाई नेपालमा लगानीको लागि आव्हान गर्नुभएको थियो ।साथै राज्यमन्त्री दुगडले नेपालले राजनैतिक स्थायित्व प्राप्त गरे सँगै प्राथमिकताको क्षेत्रको रुपमा दिगो आर्थिक वृद्धि र विकास रहेको बताउनु भएको थियो भने युएईका उर्जा तथा उद्योग मन्त्रीले उर्जाको एक महत्वपूर्ण स्रोत जलविद्युत रहेको उल्लेख गर्दै नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेकोले त्यसमा लगानी भित्र्याउन ठोसरुपमा पहल गर्नुपने बताउनु भएको थियो । माननीय राज्यमन्त्री दुगड दुबईमा आयोजना हुनगैरहेको एक्सपो २०२० का प्रतिनिधिहरु सँग भेटघाट तथा उक्त एक्सपोमा निर्माणाधीन नेपाल पेभिलियनको निरिक्षणका लागि युएई आउनु भएको हो । उक्त भेटघाटमा युएईका लागि नेपाली राजदूत महामहिम कृष्णप्रसाद ढकाल लगायत दूतावासका उच्छ अधिकारिहरुको समेत सहभागिता रहेको थियो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप