Techie IT
×
गृहपृष्ठग्लोबलगल्फस्याङ्गजा सहयोग समाज कतारले बृहत सांस्कृतिक कार्यक्रम गर्ने, चर्चित कलाकारद्वय भिम र उमा कतार आउने

स्याङ्गजा सहयोग समाज कतारले बृहत सांस्कृतिक कार्यक्रम गर्ने, चर्चित कलाकारद्वय भिम र उमा कतार आउने


दोहा – कतारमा स्थापित सामाजिक संस्था स्याङ्गजा सहयोग समाज कतारले बृहत रुपमा १५ औ बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

स्या.स.सा कतार द्वारा संचालित अक्षयकोष बृदि एवं गरिव तथा जेहेन्दार विधार्थीलाई छात्रवृति प्रदान गर्ने उदेस्यको साथ आयोजना गर्न गहिरेको बृहत सांस्कृतिक कार्यक्रममा नेपालबाट अतिथि कलाकार हरु नेपाली लोकदोहोरि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल स्याङ्गजाली कलाकार हरु दोए भिम पौडेल र उमा खनाल कार्यक्रममा आउने भएका हुन् ।

स्याङ्गजाको पुतलीबजार नगरपालिका ९ कोल्मामा सामान्य परिवारमा जन्मिएका भिम पौडेल लोकदोहोरि क्षेत्रको रुपमा छोटो समयमै चर्चा कमाउन सफल गायक मध्यमा पर्दछन । सानैदेखि गीत संगीतमा रुचि राख्ने गायक पौडेल २०६७ बाट निरन्तर रुपमा नेपाली लोकदोहोरिमा सक्रिय रहेका छन । नेपालका बिभिन्न मेला महोत्सवमा राखिने दोहोरि प्रतियोगिता ८ ठाउमा प्रथम र ५ ठाउमा दोस्रो भएर सबैको मन जित्न सफल रहेका छन ।

२०७२ सालमा “जमाना यस्तै छ आको ” एल्बम बाट सांगीतिक यात्रा सुरु गरेका पौडेलले अहिले सम्म चरी मार्ने गुलेली,मरेर जाने यो जिन्दगी,अलिक नजिक सर मायालु,परदेसी कथा, हेर्दा हेर्दै भर कट्यो सैइ ले लगायतका एल्बम बजारमा निकाली सकेका छन । सांगेतिक कार्यक्रमको सिलसिलामा करिब ३ महिना युकेमा बसेका गायक पौडेलले लगभग 28 ओटा सास्कृतिक कार्यक्रम गर्दै पुरै युकेबासि नेपालिहरुलाई भरपुर मनोरंजन दिएर नेपाल फर्केका हुन् । पछिल्लो समय पौडेल चर्तित कार्यक्रम इन्द्रेणी सँग सहकार्य गर्दै आएकाछन् र उनले गाएका धेरैजसो दोहोरिहरु धेरै दर्शकहरुको रोजाईमा रहि युट्युब ट्रेन्डिङ्मा समेत पर्ने गरेका छनl

त्येस्तै कार्यक्रममा निम्ताएकी अर्की कलाकार हुन् उमा देबी खनाल ! गायिका संगै कार्यक्रम संचालनमा पोख्त रहेकी उनि स्याङ्गजा जिल्लाको “हरिनास गाउपालिका ५ तर्केनी” मा जन्मिएकी हुन् ! बहुमुखी प्रतिभाकि धनि गायिका खनाल सानै देखि गीत संगीतमा रुची राख्दै रेडियोमा सुनेर मनमनै गुनगुनाउने गर्थिन । गाँउ समाजमा हुने सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतुति दिदै संगीत क्षेत्रमा प्रबेश गरेकि उनि अहिले लोकदोहोरि क्षेत्रमा स्थापीत कलाकार हुन् ।

२०७० शालदेखि व्यवासायी रुपमा लागेकी गायिका खनालका युटुवमा “चाइनाले लामा लामा लुगा पठाई देउ ” पार्टी दिन्छु म” प्यारोको मायाले मस्ती बनायो, हेर्दा हेर्दै भर काट्यो सैइ ले जस्ता गीत हरु चर्चित छन ।देशमा बिभिन्न स्थानमा हुने सास्कृतिक कार्यक्रमको दौरान खनाल ६६ जिल्ला भन्दा बढी जिल्लाहरुमा पुगेकी छन् l

यहि आउने महिना २० मार्च २०२० का दिन कतारको अम्वाज ग्लोबल भिलेज मिसाईदमा हुने बृहत कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार संगै नेपाली मौलिक (पन्चे बाजा ) लाइभ कार्यक्रम पनि रहेको हुदा प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै बिशेस कार्यक्रम बनेको समाजका अध्यक्ष अजमत अलिले बताए ।

त्येस्तै कतारमा कार्यरत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिले पनि कार्यक्रम झन रोमान्टिक बन्ने सस्थाका महासचिव शिबराम ढकालले जानाकारी गराए । बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि उक्त कार्यक्रमले निरन्तरता पाएको र उक्त दिन कतारलाई कर्मथलो बनाएर बस्नुहुने नेपाली समुदाय,सम्पुर्ण संघ संस्था, बुद्धिजीवी, समाजसेबी, पत्रकार लगायतलाइ कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुन समेत स्याङ्गजा समाज कतारले अनुरोध गरेको छ ।

“स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिकसेवाको भावना” भन्ने मुल नारालाई लिएर सन : २००५ मा कतारमा स्थापना गरिएको सस्था सामाजिक कार्यमा क्रियासिल रहेको छ । समाजले केहि महिना पहिले “रक्तदान” पनि कार्यक्रम गरेको थियो l


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस