गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली व्यवसायी संघ कतार र नेपाली राजदुतावास विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न नेपाली व्यवसायी संघ कतार र नेपाली राजदुतावास विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न दीप संञ्चार फागुन ३, २०७६ गते ७:०९ मा प्रकाशित दोहा – नेपाली व्यवसायी संघ कतार र कतार स्थित नेपाली राजदुतावास विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न उदेश्यले कतार भित्रिएका र व्यवसायलाई आफ्नो मूख्य श्रोत बनाएका नेपाली व्यवसायीहरुलाई एकताको शुत्रमा बाधेर मर्यादित र सफल व्यवसायी बनाउने उदेश्यले स्थापित यस संघको नयाँ कार्यसमिति (२०२०–२०२४) सदस्यहरुलाई कतार स्थित नेपाली राजदुतावास संग परिचयात्मक भेटघाट तथा समसामयिक अन्तरकृया गराउने यदेश्यले उक्त कार्यक्रम राखिएको हो ।संघको भर्खरै सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमतिको पहिलो बैठकले मनोनितबाट चयन गर्नु पर्ने २ जना सदस्यहरु तथा सल्लाहकार समिति, संरक्षक, प्रवक्ता र प्रचार प्रसार विभागलाई समेतलाई पूर्णता दिए संगै यो कार्यक्रम आयोजना गरिएको हो ।भेटघाटका क्रममा संघले नेपाली दुतावासमा दुई वर्ष पहिले नै दुतावासमा सुचिकृत गरिएको यस संघको नयाँ कार्यसमितिको नामावली समेत बुझाएको छ । २०२०/२४का लागि चयन भएका नयाँ कार्यसमितिको नामावली बुझ्दै महामहिम राजदु डा. नारदनाथ भारद्वादजले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै समग्र नेपाल र नेपालीको पहिचानका रुपमा रहेका नेपाली व्यवसायीहरुले सधैं मर्यादित, विश्वसनिय र उदाहरणिय काम गर्नेमा विश्वस्त रहेको बताउदै चार वर्षे कार्यकालमा केहि दिर्घकालिन योजना आउनेमा आफू ढुक्क रहेको बताए ।कार्यक्रममा करोडौंको लगानी गरेर व्यवसाय सञ्चालन गर्दा पनि नेपाल सरकारले व्यवसायीलाई पहिचान नगर्दा झन्झटिलो प्रकृया मार्फत श्रम स्वीकृती गर्नु पर्ने व्यवस्था गरेको प्रसंग कोट्याउदै नव निर्वाचित सदयहरुले दु:ख व्यक्त गर्दै दुतावासले यसमा सहजिकरण गरिदिनुहुन आग्रह गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव रमेश भट्टले गरेका थिए ।नेपाली व्यवसायी संघ २०२०–२४ को कार्यसमितिको नामावली:क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको…साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्धगैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका…कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्ने तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल ! अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि छन बालेन ? युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ?