Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फस्याङ्गजा सहयोग समाज द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

स्याङ्गजा सहयोग समाज द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न


दोहा – स्याङ्जा सहयोग समाज कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ l रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै कतार स्थित हमद हस्पिटल संगको सहकार्यमा हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा गत शुत्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो l

रक्तदान कार्यक्रममा स्याङ्गजा सहयोग समाजका अग्रज व्यक्तित्व, समाजका प्रभुत्व व्यक्ति सामाजिक अभियानता , बिभिन्न बैचारिक सस्थाका प्रमुख , एनआरएनएका अभियान्ता , सामाजिक संघसंस्थाका प्रमुख लगाएत कतारमा कार्यरत अन्य नेपाली सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

करिब २०० जनाको उपस्थितिमा बिहान ८:३० मा सुरु भएको रक्तदान कार्यक्रममा बैसठी जना सहयोगी ब्यक्त्तित्व हरुले रक्तदान गरेका थिए l गण्डकी प्रदेश समन्वय परिषद् कतारका उपअध्यक्ष प्रेम रसाइली बाट सुरु गरिएको रक्तदान स्याङ्गजा सहयोग समाजका सचिव टेक गैरे को रक्तदान बाट अन्त्य गरिएको थियो l

“ स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिक सेबाको भावना “ को नारा सहित सन् २००५ मा स्थापित सस्था आउदो मार्च महिनामा आफ्नो १५ औ वार्षिक उत्सव मनाउने तयारी समेत गरेको छ ।स्थापना कालदेखिनै विभिन्न सामाजिक कार्य हरु गर्दै आएको समाजले विभिन्न सस्था सङ्ग मिलेर रक्तदान कार्यक्रममा भाग लिए पनि आफ्नो आयोजना मा पहिलो रक्तदान कार्यक्रम गरेको हो l समाजका अधक्ष्य अजमत अलिले समय ब्यस्थताको वाबजुत पनि यो महानकार्यमा उपस्थित हरुलाई धन्यवाद व्यक्त गरेका थिए l

नेपाली समुदायसँग राम्रो सहकार्य गर्दै आएको कान्तिपुर मेडिकल सेन्टर दोहा कतारले सुक्रवार सपन्न रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने सम्पूर्णलाई फ्री मेडिकल चेक अफ गर्ने प्रतिबद्द्ता पनि व्यक्त गरेको छ l


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस