गृहपृष्ठ ∕ ग्लोबल ∕ पर्वत समाज कतारले गर्यो स्वर्गीय देवेन्द्रकाे परिवारलाई आर्थिक सहयाेग पर्वत समाज कतारले गर्यो स्वर्गीय देवेन्द्रकाे परिवारलाई आर्थिक सहयाेग दीप संञ्चार पुस २२, २०७६ गते २०:०१ मा प्रकाशित दोहा – पर्वत समाज कतारले कतारमा दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएका पर्वतको पैयुका स्वर्गीय देवेन्द्र थापाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।फोटो: सन्तोष क्षेत्री२०७५ भदौ २९ गते कम्पनीमा काम गर्दै गर्दा लिफ्टले थिचेर गम्भीर घाइते भएका थापाकाे गत पुस ११ गते काठमाडौंकाे ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा निधन भएका स्वर्गीय थापाको परिवारलाई समाजले सोमबार नगद ४७ हजार ७ सय १७ रूपैयाँ प्रदान गरेको हो ।फोटो: सन्तोष क्षेत्रीदुर्घटना पछि कतारकाे सरकारी अस्पतालमा उपचार भए पनि स्वास्थ्यमा सुधार नभएपछि कम्पनिले स्वर्गीय थापालाई गत ०७६ असाेज २८ गते नेपाल पठाएको थियाे ।पैयु गाउपालिका अध्यक्ष खगेन्द्र तिवारीको प्रमुख आतिथ्यता र वडा नम्बर ३का अध्यक्ष विष्णुप्रसाद काफ्ले, वडा सदस्य देउ बहादुर थापा लगाएतको उपस्तिथिमा पर्वत समाज कतारका निवर्तमान अनुशासन बिभाग प्रमुख यामबहादुर क्षत्रीले स्वर्गीय थापाको आमा भिम कुमारी थापालाई रकम हस्तान्तरण गरेका थिए ।कार्यक्रममामा बोल्दै पैयु गाउपालिका अध्यक्ष खगेन्द्र तिवारीले वैदेशिक राेजगारीकाे क्रममा हुने दुर्घटना र निधन प्रति सरकार गम्भीर हुनुपर्ने भन्दै मानवीय कार्यको लागि पर्वत समाज कतारलाई धन्यवाद ज्ञापन गरे ।नगद हस्तान्तरण गर्दै निवर्तमान अनुशासन बिभाग प्रमुख क्षत्रीले स्वर्गीय थापाको परिवारकाे आर्थिक अवस्था कमजाेर रहेकाेले छाेराछाेरीकाे पढाइमा सहज हाेस भनेर पर्वत समाज कतारले आर्थिक सहयाेग गरेकाे क्षेत्रीले बताए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए एचएलसीले भन्दा पहिला प्रतिवेदन कसरी पब्लिक भयो ? वृतान्त…अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोपएनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोपबेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ७सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग वामदेव गौतम : एमसीसी फिर्ता लैजाऊ एनआरएनए एचएलसीले भन्दा पहिला प्रतिवेदन कसरी पब्लिक भयो ? वृतान्त र निचोडसहित २४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय ट्रक र कार ठोक्किँदा तीन जनाको मृत्यु यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर