गृहपृष्ठ ∕ ग्लोबल ∕ पर्वत समाज कतारले गर्यो स्वर्गीय देवेन्द्रकाे परिवारलाई आर्थिक सहयाेग पर्वत समाज कतारले गर्यो स्वर्गीय देवेन्द्रकाे परिवारलाई आर्थिक सहयाेग दीप संञ्चार पुस २२, २०७६ गते २०:०१ मा प्रकाशित दोहा – पर्वत समाज कतारले कतारमा दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएका पर्वतको पैयुका स्वर्गीय देवेन्द्र थापाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।फोटो: सन्तोष क्षेत्री२०७५ भदौ २९ गते कम्पनीमा काम गर्दै गर्दा लिफ्टले थिचेर गम्भीर घाइते भएका थापाकाे गत पुस ११ गते काठमाडौंकाे ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा निधन भएका स्वर्गीय थापाको परिवारलाई समाजले सोमबार नगद ४७ हजार ७ सय १७ रूपैयाँ प्रदान गरेको हो ।फोटो: सन्तोष क्षेत्रीदुर्घटना पछि कतारकाे सरकारी अस्पतालमा उपचार भए पनि स्वास्थ्यमा सुधार नभएपछि कम्पनिले स्वर्गीय थापालाई गत ०७६ असाेज २८ गते नेपाल पठाएको थियाे ।पैयु गाउपालिका अध्यक्ष खगेन्द्र तिवारीको प्रमुख आतिथ्यता र वडा नम्बर ३का अध्यक्ष विष्णुप्रसाद काफ्ले, वडा सदस्य देउ बहादुर थापा लगाएतको उपस्तिथिमा पर्वत समाज कतारका निवर्तमान अनुशासन बिभाग प्रमुख यामबहादुर क्षत्रीले स्वर्गीय थापाको आमा भिम कुमारी थापालाई रकम हस्तान्तरण गरेका थिए ।कार्यक्रममामा बोल्दै पैयु गाउपालिका अध्यक्ष खगेन्द्र तिवारीले वैदेशिक राेजगारीकाे क्रममा हुने दुर्घटना र निधन प्रति सरकार गम्भीर हुनुपर्ने भन्दै मानवीय कार्यको लागि पर्वत समाज कतारलाई धन्यवाद ज्ञापन गरे ।नगद हस्तान्तरण गर्दै निवर्तमान अनुशासन बिभाग प्रमुख क्षत्रीले स्वर्गीय थापाको परिवारकाे आर्थिक अवस्था कमजाेर रहेकाेले छाेराछाेरीकाे पढाइमा सहज हाेस भनेर पर्वत समाज कतारले आर्थिक सहयाेग गरेकाे क्षेत्रीले बताए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल