Techie IT
×
गृहपृष्ठग्लोबलहामी इजराइललाई नष्ट गर्न चाहन्छौंः इरानका सर्वोच्च नेता

हामी इजराइललाई नष्ट गर्न चाहन्छौंः इरानका सर्वोच्च नेता


इरानका सर्वोच्च नेता अयतोल्लाह अली खमेनइले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको तर सबै धर्मका मानिसहरुले इजराइलको भविष्य निश्चित गर्नुपर्ने बताएका छन् ।

सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजराइललाई मान्यता दिन अस्विकार गरेको थियो र इरानले प्यालेष्टिनी चरमपन्थी समूहलाई समर्थन गर्दै आएको छ । इजराइलले लामो समयदेखि इरानले आफूलाई नष्ट गर्न चाहेको र मध्य–पूर्वमा उसलाई आफ्नो प्रमुख दुश्मन मान्ने बताउँदै आएको छ ।

तेहरानमा एक इस्लामिक कन्फरेन्समा खमेनईले भने, ‘एक देशको रुपमा इजराइललाई नष्ट गर्नुको अर्थ यहूदियालाई नष्ट गर्नु होइन । यसको अर्थ यो हो कि प्यालेस्टिनका मानिसहरु, चाहे ती मुसलमान, इसाइ वा यहूदी हुन्, उनीहरुले आफ्नो सरकारलाई छान्नुपर्छ ।’

खमेनईले पश्चिमी बललाई उसको परमाणु कार्यक्रम रोकेका कारण पनि आलोचना गरे ।

खमेनईले भने, ‘असैन्य परमाणु ऊर्जाको आवश्यकता सबै देशलाई छ तर पश्चिमका देश यसमाथि एकाधिकार चाहन्छन् । पश्चिमका मानिसलाई थाहा छ कि हामीलाई परमाणु हतियार चाहिँदैन किनभने हाम्रो धार्मिक सिद्धान्तले पनि यसको अनुमती दिँदैन ।’

अमेरिकालाई लाग्छ कि इरानले परमाणु बम बनाउनका लागि वर्षौंदेखि काम गरिरहेको छ त्यसकारण यसले इरानमाथि विभिन्न प्रकारका आर्थिक प्रतिबन्ध लगाइरहेको छ ।

सन् १९७९ मा इरानको क्रान्तिले कट्टरपन्थीलाई सत्तामा आउने मौका दियो र त्यतिबेलादेखि इरानी नेताले इजराइललाई नष्ट गर्ने कुरा गरिरहेका छन् । इरानले इजराइलको अस्तित्व स्विकार गर्दैन र इरानका अनुसार इजराइलले मुसलमानको जमिनमा अवैध कब्जा जमाएको छ ।

अर्कोतर्फ इजराइलले पनि इरानलाई एक खतराको रुपमा हेर्दै आएको छ । उसले सधैं इरानसँग परमाणु हतियार हुन नहने बताउँदै आएको छ । मध्य–पूर्वमा इरानको बढ्दो असरले पनि इजराइलका नेताको चिन्ता बढाउने गर्छ । रातोपटिबाट


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस