नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
दोहा, कतार — नेपाली व्यवसायी संघ कतारले नेपाली राजदूतावास कतारमा कार्यरत प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गर्दै उनको योगदानप्रति कृतज्ञता व्यक्त गरेको छ।
सुवेदी आफ्नो कार्यकाल समाप्त गरी मातृभूमि फर्किन लागेका अवसरमा बुधबार, नेपाली व्यवसायी संघले राजदूतावास परिसरमै औपचारिक कार्यक्रम आयोजना गरी सम्मानपत्र र मायाको चिनो प्रदान गर्दै उनलाई विशेष सम्मानका साथ बिदाइ गरेको हो।
संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईंको नेतृत्वमा आयोजित कार्यक्रममा संघका संरक्षक, सल्लाहकार, उपाध्यक्ष लगायत संघमा आवद्ध पदाधिकारीहरूको उपस्थिति थियो। सुवेदीलाई संघको तर्फबाट विशेष सम्मानपत्र प्रदान गर्दै उनको कार्यकालभरि देखाएको योगदानको उच्च प्रशंसा गरिएको थियो।
सम्मान ग्रहणपश्चात मन्तव्य दिँदै सुवेदीले संघप्रति हार्दिक आभार प्रकट गरे। उनले संघले कतारमा रहेका नेपाली व्यवसायीहरूको मात्र नभई सम्पूर्ण नेपाली समुदायको हितमा कार्य गरिरहेको उल्लेख गर्दै यस्तो संस्थागत सक्रियता राजदूतावासका लागि पनि प्रेरणादायी रहेको बताए।
“नेपाली व्यवसायी संघ कतारले विदेशमा बसेर पनि नेपालको पहिचान, आर्थिक समृद्धि र नेपालीको हितका लागि जुन सकारात्मक भूमिका खेलेको छ, त्यसप्रति म अत्यन्तै कृतज्ञ छु,” सुवेदीले भने, “वैदेशिक रोजगार मात्र होइन, व्यवसायिक सफलतामा पनि नेपालीहरूको योगदान महत्वपूर्ण छ भन्ने कुराको पुष्टि संघले गरेको छ।”
उनले नेपाल–कतार सम्बन्धलाई अझ सशक्त बनाउन व्यवसायिक सहकार्य, वैदेशिक लगानी, कूटनीतिक सुदृढीकरणजस्ता विषयमा संघको भूमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रम पश्चात, नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंको निवासमा सुवेदीको सम्मानमा पारिवारिक औपचारिक भोजको आयोजना समेत गरिएको थियो।
कार्यक्रममा संघका संरक्षक, सल्लाहकार, उपाध्यक्ष, सदस्यहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सुवेदीप्रति शुभकामना दिँदै उहाँको भावी यात्राको सफलताको कामना गरेका थिए।
यस बिदाइ कार्यक्रममा राजदूतावास र संघबीचको सहकार्य, पारस्परिक सम्मान र साझा दायित्वप्रतिको प्रतिबद्धता झल्किएको थियो।
क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #Breakig, #breaking, #hot, #कतार विशेष
ताजा अपडेट
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
तपाईको प्रतिक्रिया दिनुहोस