गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न तिलु शर्मा पौडेल पुस २०, २०८१ गते १६:३८ मा प्रकाशित दोहा : कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।कतारमा रहेका नेपाली व्यवसायीद्वय पूर्णबहादुर पोखरीया र राकेश श्रेष्ठले सञ्चालनमा ल्याएको ब्युटीपार्लर अंग्रेजी नयाँ वर्षकै अवसर पारेर सन् २०२३ को जनवरीमा उद्घाटन भएको पार्लरको नयाँ वर्ष अर्थात् बुधबार राति एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।कार्यक्रममा भाग लिन आएका पार्लरका परिवार तथा अन्य उपस्थितलाई सम्बोधन गर्दै पार्लरका डाइरेक्टर अलि मुबारक अल जासिमले कतारमा नेपाली व्यवसायीहरूले मिलेर सञ्चालन गरेको सौन्दर्य व्यवसाय सफल हुँदै गएकोप्रति खुसी व्यक्त गरे ।लगानीकर्ता बाहेक पार्लरमा प्रत्यक्ष जोडिएर काम गर्ने ब्युटीसिएनको कलाले व्यवसाय सफल हुने हुँदा हर्मोसाले थप प्रगति गर्दै नयाँ शाखा विस्तार गरोस् भन्ने उनले शुभकामना दिएका थिए । यस्तै उनले आफ्नो तर्फबाट हुने सबै सहयोग गर्न आफू तयार रहेको पनि बताए ।वर्षभरी काम गरेका आफ्ना स्टाफहरूलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिरहँदा स्टाफहरूमा छुट्टै खुसी थियो भने पार्लर रहेको अलस्मख मलका म्यानेजर विनुले पार्लरका कामदार इमान्दार र मेहनती रहेको आफूले पाएको बताउँदै प्रशंसा गरे । वर्षभरिको उत्कृष्ट कामदारका रूपमा रित लिम्बु र सालभरिमा पार्लरमा सबैभन्दा बढी आम्दानी गर्न सफल स्टाफका रूपमा आशाका न्यौपानेलाई नगदसहित मायाको चिनोद्वारा सम्मानित गरिएको छ ।कार्यक्रममा बोल्दै सञ्चालक पोखरीयले स्टाफहरूकै कारण हर्मोसाले सफलता पाएको बताउँदै छिट्टै नै शाखा विस्तार गर्नेतर्फ आफूहरू लागेको बताए ।त्यस्तै अर्का सञ्चालक श्रेष्ठले वर्तमानमा पार्लरमा काम गर्ने स्टाफसहित आफूसँग छुटेर या विदाइ भएर गएका स्टाफको समेत उन्नतिको कामना गरे । उनले सौन्दर्य व्यवसाय एक कला भएको बताउँदै कलाको मोल नहुने बताए । कतारको अलसादमा अवस्थित अल स्मख मलमा रहेको पार्लरमा प्रभा श्रेष्ठको नेतृत्वमा करिब एक दर्जन ब्युटीसियन कार्यरत छन् ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट