गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सुर्य बहादुर खवास असोज २१, २०८१ गते ९:४२ मा प्रकाशित युएई – नेपाली राजदूतावास, अबुधाबीले आज आईतवारका दिन महिलाहरुकोलागी विशेष राहदानी नवीकरण तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । महामहिम राजदूत तेजबहादुर क्षेत्रीको समुपस्थितिमा सम्पन्न उक्त शिविरमा करिब १०० जना नेपाली दिदीबहिनीहरूले सेवा प्राप्त गरेका छन ।राहदानी नविकरणको चापलाई मध्य नजर गर्दै दूतावासले सार्वजनीक विदाको दिन समेत महिलाहरुका लागि मात्र राहदानी नवीकरण तथा निशुल्क स्वास्थ सेवा प्रदान गरेको हो । दुतावास परिसरमा सम्पन्न शिविरमा युएईका विभिन्न राज्यबाट आएका महिलाले राहदानी नवीकरणसँगै आफ्नो स्वास्थ्य जाँच गराएको दुतावासका दृतिय सचीव भुपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।कार्यक्रममा उपस्थित महिलाहरुलाई स्वास्थ्य जाँचसँगै वित्तिय साक्षरताको सम्बन्धि प्रशिक्षण दिईएको थियो । वित्तिय साक्षरता सम्बन्धमा दुतावासका उपनियोग प्रमुख रञ्जिता दाहाल र युएई सरकाले प्रदान गरेको Amnesty 2024 तथा श्रमका विषयमा श्रम काउन्सुलर दिनबन्धु सुबेदीले सहजीकरण गरेका थिए । यसैगरी लाइफ लाइन अस्पतालको प्राविधिक सहयोगमा डा .प्राची भट्टराई र डा. विकाश यादवको टोलीले स्वास्थ्य प्ररिक्षण सेवा प्रदान गरेको थियो ।राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै भिषाको अवधि समाप्त भैसकेका, हुन गइरहेका तथा राहदानी हराएका र राहदानीको पाना समाप्त भएका नेपाली नागरिकहरूका लागि अघिल्लो साता समेत विशेष काउन्टर सञ्चालन गरी २४० जना सेवाग्राहीलाई राहदानी नवीकरण सेवा प्रदान गरेको दूतावासले जानकारी दिएको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट