गृहपृष्ठ ∕ आर्थिक ∕ महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान तिलु शर्मा पौडेल असोज १८, २०८१ गते २०:५४ मा प्रकाशित दोहा – कतारको राजधानी दोहामा आयोजित एक कार्यक्रम मार्फत नेपाल व्यवसायी संघ कतारले नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक सदस्यता पत्र प्राप्त गरेको छ ।तस्विर : तिलु शर्मामहासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संघ द्वारा आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईलाई सम्मान पूर्वक सदस्यता पत्र हस्तान्तरण गरेका हुन ।महासंघको आठौँ कार्यकारिणी समितिको बैठकले संघलाई वैदेशिक सदस्यता प्रदान गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ ।महासंघको लेखा शाखालाई बोधार्थ एवं संघका महानिर्देशक गोकर्ण राज अधिकारीको हस्ताक्षर रहेको पत्रमा वैदेशिक सदस्यको रूपमा महासंघमा स्वागत गरेको उल्लेख गर्दै भनिएको छ, ‘महासङ्घ एवं समग्र निजी क्षेत्रको श्रीवृद्धि र नेपालमा लगानी बढाउन त्यहाँ संस्थाको उच्च योगदान रहने विश्वास लिएको छु’ । पत्र ग्रहण पश्चात् बोल्दै चम्लागॉईले वाणिज्य महासङ्घ प्रति आभार व्यक्त गर्दै वैदेशिक लगानी नेपालमा भित्राउन आफू प्रतिबद्ध रहेको बताए ।कतारमा रहेका आम व्यवसायीहरूको हक हित र व्यवसायमा प्रवर्द्धन सहित समृद्ध नेपालको संवाहकको परिकल्पनाको पवित्र उद्देश्यका साथ १२ जनवरी २०१८ मा सङ्घ कतारको स्थापना गरिएको थियो । नेपाल व्यवसायी सङ्घ कतार ३१ जनवरी २०२० मा प्रथम र गत २६ जनवरी २०२४ मा दोस्रो अधिवेशन सम्पन्न गरी आफ्नो उद्देश्यहरूलाई सार्थकता दिन निरन्तर सक्रिय रहेको छ ।क्याटेगोरी : आर्थिक, ग्लोबल, गल्फट्याग : #breaking, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल