गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न तिलु शर्मा पौडेल असोज ४, २०८१ गते २२:३४ मा प्रकाशित दोहा – काठमाडौंको कोटेश्वरमा कार्यालय रहेको रेशनल ओभरसिज प्रा.लि.ले पैसा आफूले बुझेर जलजला रिक्रुटमेन्ट प्रा.लि.मार्फत श्रम सम्झौता गराइ कतार पठाएर अलपत्र परेका पीडितहरूका लागि एनआरएनए एनसीसी कतारले खाद्यान्न उपलब्ध गराएको छ ।कतारको मन्सुराको एक बिल्डिङमा बसिरहेका पाँच जना पीडित श्रमिकका लागि एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक विभागका संयोजक कृष्ण पन्थीले केही दिनका लागि पुग्ने खाद्यान्न उपलब्ध गराएका हुन् ।पन्थीले बुधबार साँझ पीडितहरूलाई नै पसल लगेर आवश्यक सामग्री किन्न लगाएपछि पीडितहरूले खाद्यान्न पाएका हुन् । संचारकर्मी पीडितहरू भेट्न पुग्दा पन्थीसँगै पीडितहरू हर्षित मुद्रामा देखिए । पीडितमध्येका सिरहा बन्दीपुरका नीरज बस्नेत र झापाका विशाल कार्कीले ‘हाम्रो रुममा पत्रकार आइसकेपछि हामीलाई केही राम्रो हुन्छ भनेर कुरा गरेका थियौं, हामीलाई राम्रो हुँदै गयो’ भन्दै खुसी साटे ।‘हामीलाई दाल भात भए हुन्छ भनेका थियौं, तर पन्थी सरले चाहिने सामग्री किन्नु भनेपछि हामीले तरकारी पनि किनेका छौं’ भन्दै एनसीसी कतार, पन्थी र संचारकर्मीलाई समेत पीडितहरूले धन्यवाद दिए ।गत आइतबार दूतावास पुगेर रेशनल ओभरसिज प्रा.लि.का सञ्चालक लोकेन्द्रबहादुर कार्कीविरुद्ध बस्नेतसहित झापाका कार्की, मेलुङ गाउँपालिका दोलखाका तारा बहादुर थापा, उदयपुरका सुनिल ठाकुर र गयानन्द चौधरीले लिखित उजुरी समेत दिसकेका छन् ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप