रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न
दोहा – काठमाडौंको कोटेश्वरमा कार्यालय रहेको रेशनल ओभरसिज प्रा.लि.ले पैसा आफूले बुझेर जलजला रिक्रुटमेन्ट प्रा.लि.मार्फत श्रम सम्झौता गराइ कतार पठाएर अलपत्र परेका पीडितहरूका लागि एनआरएनए एनसीसी कतारले खाद्यान्न उपलब्ध गराएको छ ।
कतारको मन्सुराको एक बिल्डिङमा बसिरहेका पाँच जना पीडित श्रमिकका लागि एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक विभागका संयोजक कृष्ण पन्थीले केही दिनका लागि पुग्ने खाद्यान्न उपलब्ध गराएका हुन् ।
पन्थीले बुधबार साँझ पीडितहरूलाई नै पसल लगेर आवश्यक सामग्री किन्न लगाएपछि पीडितहरूले खाद्यान्न पाएका हुन् । संचारकर्मी पीडितहरू भेट्न पुग्दा पन्थीसँगै पीडितहरू हर्षित मुद्रामा देखिए । पीडितमध्येका सिरहा बन्दीपुरका नीरज बस्नेत र झापाका विशाल कार्कीले ‘हाम्रो रुममा पत्रकार आइसकेपछि हामीलाई केही राम्रो हुन्छ भनेर कुरा गरेका थियौं, हामीलाई राम्रो हुँदै गयो’ भन्दै खुसी साटे ।
‘हामीलाई दाल भात भए हुन्छ भनेका थियौं, तर पन्थी सरले चाहिने सामग्री किन्नु भनेपछि हामीले तरकारी पनि किनेका छौं’ भन्दै एनसीसी कतार, पन्थी र संचारकर्मीलाई समेत पीडितहरूले धन्यवाद दिए ।
गत आइतबार दूतावास पुगेर रेशनल ओभरसिज प्रा.लि.का सञ्चालक लोकेन्द्रबहादुर कार्कीविरुद्ध बस्नेतसहित झापाका कार्की, मेलुङ गाउँपालिका दोलखाका तारा बहादुर थापा, उदयपुरका सुनिल ठाकुर र गयानन्द चौधरीले लिखित उजुरी समेत दिसकेका छन् ।
क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA, #कतार विशेष
धेरै पढिएका
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस