Techie IT
×
गृहपृष्ठग्लोबलगल्फआरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत

आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत


गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सर्वोच्चको फैसलाको स्वागत गरेका हुन् बैठकमा उक्त समुहले एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै शर्माले सर्वोच्चको फैसला कसैको हारजित भन्दा पनि संस्थाको भलाइका लागि आएको बताए । उनले संस्थालाई एकताबद्ध बनाउनका लागि मनमुटाव त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अदालतको फैसलाबारे कुनै पनि नकारात्मक टिकाटिप्पणी नगरिदिन आग्रह गर्छु’, उनले भने, ‘साथीहरु सबैसँग मित्रवत रुपमा अघि बढेर एकताको महाधिवेशन गर्नुपर्छ ।’ उनले आफूहरु एनआरएनएमा देखिएको विकृतिविरुद्ध लड्दै आएको र आगामी दिनमा पनि खबरदारी भने जारी रहने बताए ।

सर्वोच्च अदालतले गत बुधबार एनआरएनएको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्काइदिएपछि एनआरएनहरु तरंगित छन् । दुई दिनअघि बद्री केसी पक्षको बैठकले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनमा जाने निर्णय गरेको थियो ।
तर, शर्मा पक्षले भने सर्वोच्चको फैसला स्वीकार्दै एकताबद्ध एनआरएनए बनाउन जोड दिएको हो । आधिकारिकतासम्बन्धी विवादमा विनोद कुँवर पक्षको एनआरएनएले दिएको मुद्दामा सर्वोच्चबाट पछिल्लो फैसला आएको हो । फैसलाअनुसार शेष घले नेृतत्वको १३ सदस्यीय कमिटीले एकताको महाधिवेशन गराउनुपर्नेछ ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस