Techie IT
×
गृहपृष्ठआर्थिकव्यवसायी संघको संरक्षक र सल्लाहकार समिति गठन, संयोजकमा राजदूत ढकाल र गुरुङ्ग

व्यवसायी संघको संरक्षक र सल्लाहकार समिति गठन, संयोजकमा राजदूत ढकाल र गुरुङ्ग


दोहा – नेपाल व्यवसायी संघको प्रमुख संरक्षकमा कतार स्थित नेपाली राजदूतावासका महामहिम राजदूत डा. नरेश विक्रम ढकाल र प्रमुख सल्लाहकारमा गैरआवासीय नेपाली संघका उपमहासचिव एवं कतारका सफल व्यवसायी प्रवीण गुरुङ्ग मनोनित भएका छन् ।

संघको २०२४–२८ कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको दोस्रो पूर्ण बैठकबाट सोहि कार्यकालका लागि ढकालको संयोजकत्वमा संरक्षक समिति र गुरुङ्गको संयोजकत्वमा सरल्लाहकार समिति गठन गरिएको हो ।

संघकोे विधान तहः नेपाली राजदूतावासका महामहिम राजदूतलाई संरक्षक संयोजकमा मनोनित गर्ने गरिएको छ । भने गुरुङ्ग संघको निवर्तमान सल्लाहकार हुन् । त्यस्तै गैरआवासीय नेपाली संघ कतारको उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक, आईसीसी सचिव हँुदै हाल उपमहासचिव रहेका गुरुङ्गले सफल व्यवसायका अलवा नेपाली कला, संस्कृति, परम्परा, खेलखुद संगै मानवसेवामा निकै सकृयताका साथ क्रियाशिल रहँदै आएका छन् ।

संरक्षक समितिको सदस्यहरुमा डा. देव काजी डंगोल, बद्रि प्रसाद पाण्डे र समिर मास्के रहेका छन । भने सल्लाहकार सदस्यहरुमा सागर नेपाल, प्रोफेसर मोहम्मद रमजान मिया (कानुनी), ई. अर्जुन भट्टराई, विकास प्रसाई, परशुराम दाहाल, धन बहादुर बलायर र होमनाथ शर्मा रहेका छ ।

कतारलाई व्यवसायिक कर्मथलो बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यत्तित्वहरुलाई समेटेर संरक्षक तथा सल्लाहकार समिति गठन गरको संघले कतार सरकारमा रजिष्टर भई मान्यता प्राप्त पहिलो र एक मात्र सामाजिक संस्थाका रुपमा आफूँलाई स्थापित गरेको छ ।

नेपाल सरकारसंग समेत एमओयू गरि आधिकारीकता प्राप्त गरेको संघले नेपालमा भएका विभिन्न दैविक प्रकोप लगायत विविध क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ भने विभिन्न व्यवसायीक परियोजना सहित दिर्घकालिन योजनाहरुलाई समेत तिव्रता दिएको संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले जानकारी दिए ।


क्याटेगोरी : आर्थिक, ग्लोबल, गल्फ
ट्याग : #breaking, #कतार, #कतार विशेष



तपाईको प्रतिक्रिया दिनुहोस