गृहपृष्ठ ∕ आर्थिक ∕ नेपालको लागि ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानियो जेनेस एकेडेमी नेपालको लागि ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानियो जेनेस एकेडेमी दीप संञ्चार फागुन १३, २०८० गते १८:४५ मा प्रकाशित काठमाडौँ – सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्र ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानिएको छ।बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशन, को शैक्षिक इकाईको रुपमा रहेको जेनेस एकेडेमी ले अब नेपालमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को ट्रेनिंग तथा मान्यताप्राप्त ‘सर्टिफिकेशन कार्यक्रम’ हरु संचालन गर्न अनुमति पाएको छ।आफ्नो स्थापना भएदेखि नै जेनेस एकेडेमी ले नेपालको प्राविधिक क्षेत्रमा उच्च गुणस्तरको प्रशिक्षण तथा सीप विकास कार्यशालाहरु आयोजना गर्ने संस्थाको रुपमा पहिचान बनाएको छ। विश्वमै कहलिएका साझेदारहरुसंगको सहकार्यद्वारा एकेडेमीले ‘टेक इकोसिस्टम’ भित्र युवाहरुलाई प्रशिक्षण दिनुको साथै उनीहरुको सीप विकासमा सघाउने लक्ष लिएको छ। “हामीले स्थापनाकाल देखि नै पठनपाठनको परम्परागत शैलीमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रयास गरेका छौं,” जेनेस एकेडेमीकी संचालन कार्यकारी आस्था शर्माले भनिन्। “यसभन्दा पहिले पनि हामीले नेपालमै पहिलो पटक अमेजन एकेडेमीको विश्वस्तरको पाठ्यक्रम नेपाली विद्यार्थीहरुलाई उपलब्ध गराएर महत्वपूर्ण उपलब्धि हासिल गरेका थियौं।”“नेपालमा औपचारिक रुपमा ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ कार्यक्रम शुरु हुनु जेनेस एकेडेमीको लागि मात्रै नभएर नेपालकै लागि एउटा महत्वपूर्ण कोशेढुंगा हो। अमेजनसंगको साझेदारीले हाम्रो प्रतिबद्धता थप बलियो बनेको छ। हामी युवाहरुलाई उच्च गुणस्तरको प्रशिक्षण र तीव्र गतिमा विकास भैरहेको प्रविधिको क्षेत्रमा आवश्यक सीपहरु प्रदान गर्न लागि परेका छौं,” शर्माले भनिन्।जेनेस एकेडेमीले यो साझेदारीले इच्छुक विद्यार्थीहरु र सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीहरुलाई एउटै छातामुनि ल्याउने एकेडेमीको भनाइ छ।यो क्रान्तिकारी प्रविधिद्वारा आफ्नो सीप विकास गर्न चाहने जोसुकै प्रशिक्षणमा सहभागी हुन सक्ने एकेडेमीले जनाएको छ।क्याटेगोरी : आर्थिक, ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट