गृहपृष्ठ ∕ ग्लोबल ∕ ‘एनआरएनए भवनबारे विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा जानु अनावश्यक खर्चमात्रै’ ‘एनआरएनए भवनबारे विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा जानु अनावश्यक खर्चमात्रै’ दीप संञ्चार फागुन ९, २०८० गते २०:०४ मा प्रकाशित काठमाडौं – ललिता निवास प्रकरणमा परेको एनआरएनए सचिवालय भवन सरकारीकरण गर्नका लागि विशेष अदालतले आदेश दिएपछि काठमाडौं महानगरले त्यहाँबाट हट्न सात दिने अल्टिमेटम दिएको छ।एनआरएनएको बद्री केसी समूहले विशेषको उक्त आदेश विरुद्ध सर्वोच्चमा जाने बताएको छ । तर, अध्यक्ष आरके शर्मा समूहले भने एउटै मुद्दामा पटक पटक अदालत जान नसुहाउने र यसले खर्च मात्र बढाउने बताएको छ।यसविषयमा बोल्दै महासचिव बुद्धिसागर सुवेदी सचिवालय भवन निर्माणका लागि विदेशमा बस्ने हरेक नेपालीले डलर लगानी गरेकोले सरकारीकरण हुनु आफैँमा दुखद् कुरा भएको बताउँछन् ।उक्त जग्गा किन्ने कुरा र भवन बनाउने कुरामा सुरु देखि नै विरोध गर्दै आएका एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाले अदालत गएर सचिवालयमा जम्मा भएको पैसा मात्रै खर्च गर्ने कुरा स्वकार्य नहुने बताए।जग्गा खरिद गर्ने समयका अध्यक्ष, महासचिव, कोषाध्यक्षलाई कानुनी कठघरामा उभ्याउनु पर्नेमा उनको जोड छ । तत्कालिन अध्यक्ष शेष घले, महासचिव कुमार पन्त र कोषाध्यक्ष वद्री केसी नै यसको मुख्य जिम्मेवार व्यक्ति भएकाले उनीहरुबाट क्षतिपूर्ति भराउनु पर्ने उनको भनाइ छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप