Techie IT
×
गृहपृष्ठग्लोबलगल्फमहिला समाज कतारको ५ औं अधिवेशन सप्पन्न, अध्यक्षमा लोकमाया

महिला समाज कतारको ५ औं अधिवेशन सप्पन्न, अध्यक्षमा लोकमाया


दोहा – “नेपाली महिला समाजको चाहना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ स्थापित नेपाली महिला समाज कतारको पाँचौ अधिबेशनबाट लोकमाया के. सी. निर्विरोध निर्वाचित भएकी छिन ।

सनैया स्थित फूलबारी रेष्टुरेन्टको सभाहलमा शुक्रबार सम्पन्न अधिवेशनबाट समाजको प्रथम उपाध्यक्षमा संन्ध्या अर्याल, द्वितीय उपाध्यक्षमा सनोवर जहाँ र तृतीय उपाध्यक्षमा सुष्मा खतिवडा कटुवाल निर्विरोध निर्वाचित भएका छन ।

 

त्यस्तै महासचिवमा मेनुका खतिवडा भण्डारी, सचिवहरुमा कविता खत्री र शारदा भुजेल, कोषाध्यक्षमा दिपा सिंह र सह – कोषाध्यक्षमा गीता पुन निर्विरोध निर्वाचित भएका हुन ।

त्यसैगरी समाजको नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा उषा परियार, देवी मगर, सविता दाहाल, यास्मिन नाज, टौमाया गुरुङ, ममता रानाभाट, लिला राई, सोनी सुनुवार, ज्योति पन्थी, सुनिता कोईराला र राधिका परियार रहेका छन।

समाजका अध्यक्ष सरिता भण्डारी पौडेलको सभापतित्व तथा कतार स्थित नेपाली राजदुतावासका महामहिम राजदुत डाक्टर नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

समाजकी प्रथम उपाध्यक्ष लोकमाया के. सी. को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विभिन्न संघ संस्थाका तर्फबाट विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए ।

महामहिम डा. ढकाललाई दोसल्ला एवं मायाको चिनोले सम्मान गरिएको कार्यक्रममा संस्थाको विभिन्न कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरु एवं संघसंस्था पनि सम्मान गरिएको थियो।

प्रवासमा दुःख, पिडामा परेका नेपाली दिदिबहिनीहरुको हक, हित र अधिकारका लागि आवाज उठाउने र सकेको सहयोग गर्ने उद्देशका साथ वि. सं.२०६९ सालमा कतारमा स्थापना भएको नेपाली महिला समाज कतारले विविध सामाजिक कार्यहरु गर्दै आएको छ।

कतारमा स्थापित विभिन्न संघ संस्था प्रमुख, सामाजिक व्यक्तित्व, पत्रकार लगायत श्रमिक महिलाहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको सहजीकरण महासचिव संन्ध्या अर्याल र सचीव कविता खत्रीले गरेका थिए।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस