गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ बन्दना शर्मा प्रकरणमा उच्चस्तरीय छानबिन समितिसमक्ष माग बन्दना शर्मा प्रकरणमा उच्चस्तरीय छानबिन समितिसमक्ष माग दीप संञ्चार माघ २३, २०८० गते ८:०४ मा प्रकाशित काठमाडौँ – गैरआवासीय नेपाली संघ(एनआरएनए)ले सहायक निर्देशक बन्दना शर्माले उठाएका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समितिसमक्ष आग्रह गरेको छ । ‘उक्त ईमेलमा उल्लेख गरिए जस्तै विभिन्न शिर्षकमा गरिएका आर्थिक अनियमितताले संघको सचिवालय संचालन कार्यविधि विपरीत संस्थामा व्यापक आर्थिक अपचलन भै रहेको हाम्रो ठहर छ । सहायक निर्देशक शर्माले उठाउनु भएका सबै विषयहरुको निस्पक्ष छानबिन गर्न हामी उच्चस्तरीय छानबिन समिति समक्ष माग गर्दछौं’, प्रवक्ता नारायण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।उनको विज्ञप्तिमा शर्माद्वारा “गम्भीर ध्यानाकर्षण तथा सहजिकरणको अपेक्षा” बिषय राखि सहयोगको लागि अपिल गर्दै पठाइएको इमेलप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।‘लाखौं प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने २० वर्षे भन्दा लामो इतिहास बनाइसकेको गरिमामय यस संस्थाको सचिवालय संचालनमा भएका गम्भीर, अवैधानिक र गैरकानुनी गतिविधिले सचिवालयका कार्यकारी प्रमुखलाई शंकाको घेरामा ल्याएको छ । ११ औं अधिवेशनको निर्वाचनमा गम्भीर अनियमितताहरु भएको सार्वजनिक भए पछि निर्वाचन तथा लेखा समेतको छानबिन गर्न नेपाल सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरी सकेको अवस्थालाई ध्यानमा नराखी सचिवालयले गर्दै आएको कार्यको हामी घोर भ्रत्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।विज्ञप्तिमा सचिवालयका सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोबलका साथ गैरआवासीय नेपाली संघ, सचिवालय संचालन कार्यविधि मातहतमा रहि संघमा विद्यमान गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै कार्य सम्पादन गर्न र कुनै पनि किसिमको अनुचित दबाब वा धम्की दिइए त्यस्तो गतिविधिबारे तत्काल सम्बन्धित निकायलाई जानकारी दिन पनि अनुरोध गरिएको छ ।११ औं अधिवेशनको निर्बाचन प्रक्रिया त्रृटिपूर्ण भएपछि पनि आफूलाई आधिकारीक दाविगर्ने बद्रि केसी समुहलाई परराष्ट्र मन्त्रलायले बैधानिकता नदिएको बर्तमान अवस्था र सोहि बिषय लगायतमा छानविन गर्न उच्च स्तरीय छानबिन समिति बनेर कार्य गरीरहको अवस्थामा संस्थाका सम्पतिहरु कुनै पनि समुहलाई दुरुपयोग गर्ने अधिकार नभएको विज्ञप्तिमा उल्लेख छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न